दशैमा स्वास्थ्यका लागी खानपानमा ध्यान दिऔँ : डाक्टर झा

असोज १८, २०७६  

तुलसीपुर, १८ असोज । चार्डपर्वको समयमा विभिन्न परिकार बनाएर खाने प्रचलन छ । चार्डपर्व बनाउने नाममा मासु र चिल्लो बढि प्रयोग गरिन्छ । ती विभिन्न परिकार खादा निकै स्वादिलो भएतामा पनि स्वास्थ्यलाई के असर गर्छ की गदैन भन्ने विषयमा पनि ध्यान दिन जरुरी छ । परिकार खादा स्वास्थ्यलाई ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ । यसै विषयमा केन्द्रित रहेर पाल्पाली पोलिक्लिनिक प्रालीमा कार्यरत एमविविएस डाक्टर राजिव झा संग स्वास्थ्यका लागी के खान हुन अथवा के खान नहुने भन्ने बारेमा लक्ष्मण विश्वकर्माले कुराकानी गरेका छन् । –सम्पादक
१.चार्डपर्वमा मासु बढि खाने गरिन्छ ? मासु खादा ध्यान दिनुपर्ने कुराहरु के के हुन् ।
हिन्दु धर्मालम्वीहरुको महान् पर्व विजया दशमी र शुभ दिपावली बर्षको एक पटक आउने चार्ड हो । त्यसकारणले पनि यसलाई ठुलो पर्वका रुपमा मनाउने गरिन्छ । चार्डपर्वलाई हर्सोउल्लासका साथ मनाउनका लागी विभिन्न परिकारहरु पनि बनाएर खाने चलन छ । चार्डपर्वको समयमा ईष्टमित्र,छोरी चेली, आफन्तहरुको जमघट हुने भएकाले अझ बढि मासुलाई प्राथमिकता दिने चलन छ । तर पछिल्नो समयमा चार्डपर्वका नाममा विभिन्न परिकार बनाउने चलन अहिले एउटा विकृतिको रुपमा भित्रिएको छ । किन भने मानिसले स्वास्थ्यलाई ख्याल नगरी खाने गरिन्छ ।
हामीले कुनै पनि खाना खादा स्वस्थ्य तरिकाले खानुपर्दछ । खानु पर्छ र रमाईलो गर्नु पर्छ भन्दै जथाभावी गर्ने होईन । खाईसकेपछि स्वास्थ्यलाई कुनै असर नपर्ने कुरालाई ध्यान दिन जरुरी छ ।त्यस्तैगरी चार्डपर्वको समयमा मादक पदार्थ समेत खाने चलन छ ।
यसबाट बालबालिकालाई समेत असर नपर्ने गरी टाढा राख्न जरुरी छ । साथै बालबालिकाले जे जे माग्यो त्यहि पनि खुवानु हुदैन । उसको स्वास्थ्यमा असर पर्न सक्छ ।
२.मासुलाई स्वच्छ कसरी बनाउन सकिन्छ ?
मासु काट्ने देखी मासु पकाउने सम्म स्वच्छ बनाउन आबश्यक छ ।सवप्रथम त खसी,बोका,राँगा र कुखुरा स्वस्थ्य छ की छैन भन्ने कुरामा ध्यान दिनुपर्दछ । त्यसपछि सरसफाईमा ध्यान दिनुप¥यो, किटाणुरहित बनाउनका लागी प्रिजमा राख्नु प¥यो, मासु पकाउदा कम मसला, चिल्लो कम राख्ने, धेरै समय पकाउनु पर्दछ । जसले गर्दा किटाणु रहित र स्वच्छ मासु खान योग्य हुन्छ ।
३. बजारको परिकार खान कत्ति योग्य हुन्छ ?
होटेलमा बनाईएका परिकार स्वास्थ्यका लागी खान त्यति योग्य हुदैन । किनकी होटेलमा उनीहरुले व्यापार गर्नका लागी बनाईएका परिकार हुन्छन् । जुन अस्वच्छ पनि हुन सक्छन् । उनीहरुले व्यापार गर्नका लागी राखेका परिकार, चिल्लो,चुकिलो, गुलियो र पिरो बढि प्रयोग गरेको पाईन्छ । जसले गर्दा स्वास्थ्यका लागी खान त्यति उचित मानीदैन । त्यसैले सकेसम्म घरमै बनाईएका परिकार खानु पर्दछ ।
४.कस्ता खालका विरामीले मासु खान हुने वा खान नहुने ?
मुटु रोगी विरामीले मासु खान नमिल्ने होईन खान मिल्छ तर धेरै समय बोईल गरेर, चिल्लो र पिरो कम राखेर खाने, प्रेसरका विरामीले चिल्लो र नुनको मात्रा कम भएको खानुपर्दछ । कलेजोका विरामीले पनि कम चिल्लो भएको खानुपर्दछ । यस्तै युरी एसीक भएका विरामीले खसीको रातो मासु नखाने तर कुखुराको रातो मासु भने खान मिल्छ, धेरै पानी पनि खानुपर्दछ । त्यस्तैगरी पेटमा खाउँ छ अर्थात पेट सम्वधीको विरामीले पनि चिल्लो, पिरो कम खानुपर्दछ ।
५. चार्डपर्वको समयमा बढि कस्ता खालका विरामी अस्पताल आउँछन् ।
चार्डपर्वको समयमा प्राय गरेर सडक दुर्घटनामा परेका विरामी, झाडापखला सम्वन्धीका विरामी र ज्वरो आउने सम्वन्धी विरामी अस्पताल आउँदछन् । किनभने चार्डपर्वको समयमा भिडभार्ड हुन्छ धेरै सवारी साधनहरु लापरबाही तरिकाले चलाईएको हुन्छ जसले गर्दा वढि सवारी दर्घुटना हुने सम्भावना हुन्छ ।त्यस्तैगरी प्रया खानपानमा लापरबाही हुन्छ जसले गर्दा झाडापखला हुने सम्भावना बढि हुन्छ ।
अन्तमा केहि भन्नु छ ?
सर्वप्रथम त मेरो विचार राख्न दिएकोमा तपाईको तुलसीपुर खवरडटकम अनलाईनलाई धन्यवाद दिन चाहान्छु । समग्रमा भन्नुपर्दा चार्डपर्व मनाउने, रमाईलो गर्ने क्रममा आफनो स्वास्थ्यलाई महत्वपुर्ण ध्यान दिनुस । स्वस्थ्य भए मात्रै हामीले हाम्रा सपना र उद्देश्य पुरा गर्न सक्छौ । त्यसैले खानपान, सरसफाई लगाएतका कुरामा ध्यान दिन जरुरी छ ।

Advertisement

 

 


प्रतिक्रिया दिनुहोस