देउखुरीमा ट्रक र बस ठोक्किदा १२ जना घाइते

असोज १८, २०७६  

ओमप्रकाश गुप्ता , भालुवाङ १८ असोज । दाङको देउखुरीमा शनिवार विहान २ बजेको समयमा बस र ट्रक एक अापसमा ठोक्किएर १२ जना घाइते भएका छन् । पुर्ब पश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टीमा पुर्बबाट पश्चिम तर्फ गइरहेको ना १ क ४७९३को ट्रक र पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको बा ५ ख ५१८३ नम्बरको बस एक आपसमा ठाेकिएर १२ जना घाइते भएका हुन् ।

Advertisement

गम्भीर घाइते मध्ये बस चालक कैलाली जिल्ला घोडाघोडी नगरपालिका १ निवासी अरूण चाैधरीलाई बुटवल र बसका यात्रु कैलाली जिल्ला गाैरीगंगा नगरपालिका १० निवासी १९ वर्षिय प्रिति चाैधरीलाई कोलपुर रिफर गरिएको छ । भने अन्यको राप्ती सेवा पोलिक्लिनिक भालुवाङमा उपचार पछि घर फर्कि सकेको पोलिक्लनिकले जानकारी दिएको छ । ट्रक चालक गाडी भित्रै फसेकाले अहिले उद्दार कार्य भइरहेको छ । अन्य घाइतेलाई ३ घण्टा पछि उद्दार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस