राप्ती स्वास्थ्य प्रतिष्ठानले सुत्केरी भत्ता दिने, ओपीडी र इमरजेन्सी शुल्क वृद्धि

असोज १६, २०७६  

तुलसीपुर,१६ असोज । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य प्रतिष्ठानले आफूले दिने ओपीडी र इमरजेन्सी शुल्क वृद्धि गरेको छ । यसअघि ओपीडी शुल्क २५ र इमरजेन्सी शुल्क ३० लिँदै आएकोमा कार्तिक १ गतेदेखि ओपीडी शुल्क ६० र इमरजेन्सी शुल्कमा ८० कायम गरेको छ ।
शुल्क वृद्धिसम्बन्धी रिटमा उच्च अदालत तुलसीपुर, दाङले रिट खारेज गरेर शुल्क हेरफेर गर्ने अधिकार प्रतिष्ठानलाई दिएपछि प्रतिष्ठानले नयाँ शुल्क कायम गरेको प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले जानकारी दिनुभयो ।

Advertisement

यस्तै प्रतिष्ठानमा प्रसूति सेवाका लागि आउने महिलाहरुले पाउने सुत्केरी भत्ताको फेरि कार्यान्वयनमा आउने भएको छ । तत्कालीन राप्ती उपक्षेत्रीय अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिणत भएपछि बजेट रोकिएका कारण सुत्केरी भत्तासमेत वितरण हुन सकेको थिएन । स्वास्थ्य मन्त्रालयले बजेट दिएपछि प्रतिष्ठानले कार्तिक १ गतेबाट प्रसूति सेवा लिन आउने महिलाहरुलाई सुत्केरी भत्ता दिने भएको हो । स्वास्थ्य मन्त्रालयबाट यसै हप्ता २ करोड रुपैयाँ बजेट निकासा भएको र त्यसै अनुसार आउँदो कार्तिक १ गतेबाट सुत्केरी भत्ता दिइने रजिष्ट्रार प्याकुरेलले जानकारी दिएका छन ।

 

Advertisement

 

प्रतिक्रिया दिनुहोस