दाङका दहित “कपिलबस्तुमा ७५ केजी तौल समूहमा तेस्रो

सुशील बस्नेत
दाङ,१२ असोज /“कपिलबस्तु”श्री खूल्ला राष्ट्रिय प्रतियोगीतमा दाङका सुनील दहित ७५ केजी तौल समूहम तेस्रो  भएका छन ।  असोज १० र ११ गते कपिलबस्तु शारिरीक सुंगठन तथा फिटनेसले आयोजना गरेको उक्त प्रतियोगीतमा फ्रेण्डस् फिटनेस सेन्टर तुलसीपुरबाट भाग लिएका चौधरीले तेस्रो स्थान हासील  गरेकाे सेन्टरका प्रशिक्षक आशिष श्रेष्ठले जानकारी  दिए ।

दहितले यसअघि ७५ केजी तौल समूहमा चौथो मिस्टर काठमाण्डौमा भाग लिएका थिए ।  उक्त प्रतियोगीतमा चौथो स्थान हासील गरेका थिए ।  प्रदेश नम्वर ४ र ५ का लागि बुटवलमा भएको बुद्धक्लासीक प्रतियोगीतमा ७५ केजी तौल समूहमा तेस्रो स्थान,भैरहवामा भएको प्रदेश ४ र ५ स्तरीय दाउन्ने ओशो प्रतियोगीतामा ७५ केजी तौल समूहमा तेस्रो स्थान र पोखरामा भएको बुल्समेन पोखरा प्रतियोगीतमा चौथो र मीस्टर दाङ २०७५ प्रतियोगीतमा ओभर अल विनर भएकाे  प्रशिक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७६ असोज १२ गते आइतवार
प्रतिक्रिया