एक दुई दिनमा तलव निकाशा हुन्छ : संयोजक विश्वकर्मा

असोज १२, २०७६  

तुलसीपुर,१२ असोज । दशैंको विदा भईसक्दा समेत सामुदायिक विद्यालयका शिक्षकहरुले तलव खान पाएका छैनन् । यस अघि दशैं विदा हुदा उनिहरुले तलव बुझ्दै आएका थिए । तर यसपाली उनिहरु रित्तो हात घर फर्किएका छन । मासिक रुपमा पाईन्न तिन महिनाको एकैपटक बुझिन्छ, अव कसरी खर्च चलाउने एक शिक्षकले भने ।

Advertisement

दशैंमा तलव नपाउदा खल्लो महसुस भएको उनिहरुले बताएका छन । यसैविच तुलसीपुरमा अवको एक दुई दिनमा शिक्षकको तलव निकाशा हुने भएको छ । नगर शिक्षा समितिका संयोजक देवराज विश्वकर्माले तुलसीपुर खवर संग कुराकानि गर्दै उनले यस्तो जानकारी दिएका हुन । शिक्षकहरुको तलवी विवरण समयमै नपठाउदा तलव निकाशामा ढिलाई भएको उनले बताएका छन ।

 


प्रतिक्रिया दिनुहोस