तारेपहरा वन समुहको अध्यक्षमा पुन : पुन

असोज १२, २०७६  

तुलसीपुर, १२ असोज । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ मा रहेको तारेपहरा सामुदायिक बन उपभोक्ता समुहकोे अध्यक्ष भुव बहादुर पुन फेरी चयन भएका छन् । उनी यस अघि पनि पटक उक्त बन समुहको अध्यक्ष भईसकेका छन् । समुहको शनिवार मुल्कोटमा सम्पन्न भएको १४ औ साधारणसभाले पुनको अध्यक्षतामा ९ सदस्यिय समिति गठन गरेको हो । जसको उपाध्यक्षमा सविना पुन, सचिवमा जैईकुमारी खड्का, कोषाध्यक्षमा पलसिंह केसी , सदस्यहरुमा सिता विक, हरिकला पुन, ईन्द्रविर घर्ति, बासु पुन र धनविर घर्ति चयन भएका छन् । समुहकी कार्यबाहक अध्यक्ष गौमती पुनको अध्यक्षता एवं सब डिभिजन कार्यालय तुलसीपुरका कुल बहादुर रेउलेको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । सो अवसरमा शिद्धेश्वरी प्राथमिक विद्यालय मुल्कोटका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रिषिराम पुन,समुहका पुर्व अध्यक्षहरु उत्तरकुमार घर्ति, विमला घर्ति लगाएतले बोलेका थिए । कमला पुनको स्वागत मन्तव्यबाट सुरु भएको सभाको सहजीकरण सचिव टोपेन्द्र पुनले गरेका थिए ।

Advertisement

 

प्रतिक्रिया दिनुहोस