चारवटा संस्थाको सम्युक्त शुभकामना 

असोज ११, २०७६  

तुलसीपुर,११ असाेज

Advertisement

दाङको घोराहीमा रहेको ज्यातिपूञ्ज आवासीय माध्यमिक विद्यालय, कलश बचत तथा ऋण सहकारी संस्था, सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था र रामपुरमा रहेको विलियम शेक्सपियर अग्रेजी विद्यालय गरी चार वटा संस्थाले आज एक सम्युक्त कार्यक्रमको आयोजना गरी बिजया दशमी, शुभदिपावली र छड पर्वको अवसरमा शुभकामना आदानप्रदान गरेका छन ।

घोराहीको बाह्रकुने दहमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने बक्ताहरुले संस्थाहरुले आफ्नो कामसगै सामाजिक सेवाका लागि थालिएका कार्यक्रमलाई थप प्रभावकारी बनाउने बताएका छन । ज्योतिपूञ्ज आवासीय माध्यमिक विद्यालय प्रा.लि. का अध्यक्ष हेमराज शर्माको सभापतित्वमा भएको कार्यक्रममा ती संस्थाका संस्थाका प्रमुख सहित शिक्षक र कर्मचारी तथा सञ्चालकहरुको सहभागिता थियो ।

कार्यक्रममा बोल्दै विलियम शेक्सपियर अग्रेजी विद्यालयका अध्यक्ष बालचन्द्र शर्माले आफूहरुले युवाहरुको सहभातिामा बिभिन्न क्षेत्रगत कार्यक्रम थालेको भन्दै अझ प्रभावकारी बनाइ अघी बढाउने बताउनु भएको छ । कार्यक्रममा बोल्दै सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाका संस्थाका अध्यक्ष ध्रुवराज पौडेलले सहकारीले कृषि र सहकारीसँग जोडेर नयाँ कार्यक्रम सञ्चालन गर्ने योजनामा रहेको बताउनुभयो । कार्यक्रमको सहजीकरण ज्योतिपूञ्ज आवासीय माध्यमिक विद्यालयका कोर्डिनेटर पूर्णचन्द्र पाण्डेयले गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस