लिटिल हेभनमा पढ्ने रेश्माले किन गरिन सुसाईट ?

असोज १०, २०७६  

तुलसीपुर,१० असोज
तुलसीपुरको लिटिल हेभनमा   कक्षा ११ मा पढ्ने छात्राले आत्महत्या गरेकी छन् । दंगीशरण गाउँपालिका –६ थपगाउँ निबासी १८ बर्षकी रेश्मा गिरीले आफु बस्दै आएको भाडाको कोठामा झुण्डीएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्रडम्बर पालले जानकारी दिए ।
‘कपीमा घाम र छायाँको भेट कहाँ हुन्छर ? तिम्रो मायाँ जालीझेली लेखेको भेटियो,’ प्रहरी निरीक्षक पालले भने– ‘ त्यो सुसाईट नोट हुन पनि सक्छ नहुन पनि सक्छ ।’

Advertisement

प्रतिक्रिया दिनुहोस