मावि उरहरीमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

असोज १०, २०७६  

तुलसीपुर,१० असोज । तुलसीपुर ११ मा रहेको अमर माध्यमिक विद्यालय उरहरीले कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेकोे छ । कक्षा १२ का विद्यार्थीहरुले उनिहरुलाई स्वागत गरेका हुन । छात्रा कमला पौडेलको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक पदम प्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा कक्षा ११ का विद्यार्थीलाई अविर, खादा लगाई स्वागत गरिएको थियो ।

Advertisement

सो अवसरमा बोल्दै प्रमुख अतिथि प्रधानाध्यापक न्यौपानेले गुणस्तरीय शिक्षाको लागि विद्यार्थी र शिक्षकको सुमधुर सम्बन्ध हुनुपर्ने बताएका थिए । उनले विगतका दिनको तुलनामा विद्यालयले कक्षा ११ र १२ मा नतिजामा उल्लेख्य सुधार गरेको बताएका छन । हालै सार्वजनिक कक्षा ११ को नतिजामा सतप्रतिशत उतिर्ण भएका समेत बताएका थिए । परीक्षामा सहभागी ९ जना विभिन्न ग्रेड ल्याई उतिर्ण भएको उनले जानकार िदिएका थिए ।

सो अवसरमा सहायक प्रधानाध्यापक पदम बहादुर वली, शिक्षक निर्मल कुमार वली, विद्यार्थीहरु पुष्पा चन्द,किरण वली लगायतले बोलेका थिए । विद्यार्थी पिमा नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण विद्यालयका कर्मचारी बसन्त परियारले गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुती समेत राखेका थिए ।।


प्रतिक्रिया दिनुहोस