देउखुरीमा GPL क्रिकेट प्रतियोगिता हुने

असोज १०, २०७६  

ओमप्रकाश गुप्ता भालुवाङ १० असोज । दाङ देउखुरीको राप्ती गाउँपालिकामा गाउँपालिका स्तरीय दोस्रो चरणको ग्लोबल प्रिमियर लिग (GPL) क्रिकेट प्रतियोगिता २०७६ हुने भएको छ । ग्लोबल युथ क्लब राप्ती गाउँपालिकाको अायोजनामा बिजयादशमी तथा दिपावलीको अवसरमा असोज ११ गते देखि राप्ती गाउँपालिका वडा नम्बर १ को पाखापानी खेलमैदानमा प्रतियोगिता आयोजना गरिएको क्लवका अध्यक्ष रमेश कंडेलले जानकारी दिएका छन् ।

Advertisement

खेलकुदको माध्यमबाट युवाहरूलाई सक्षम बनाउन र राष्ट्रिय स्तरमा परिचित गराउन तथा उनीहरूको क्षमता विकासका लागि प्रतियोगिता आयोजना गरिएको क्लवका प्रेस संयोजक ओमप्रकाश गुप्ताले जानकारी दिएका छन् । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३० हजार मेडल,ट्रफी र प्रमाणपत्र र दोस्रो हुने टिमलाई नगद २० हजार मेडल,ट्रफी र प्रमाणपत्र पुरस्कारको व्यवस्था गरिएको छ ।

गाउँपालिका भित्रका ६ वटा टिमले भाग लिएको प्रतियोगिताको उद्घाटन खेल त्रिशुल किङ्गस लालमटिया र वि एण्ड जी हिरोज पाखापानी बिच खेल हुने अायोजकले जानकारी दिएको छ । प्रतियोगितामा पाखापानी राइजिङ स्टार, भालुवाङ नाइट राइडर्स,कालिका लाइन्स लालमटिया,त्रिवेणी वारियर्स, त्रिशुल किङ्गस पाखापानी र वि एण्ड जी हिरोज पाखापानीले भाग लिएका छन् । विहान ९ बजे देखि सुरू हुने उद्घाटन खेलमा उपस्थितिका लागि सम्पुर्ण खेलाडी,अतिथि तथा शुभचिन्तकहरूमा अायोजकले अनुरोध पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस