अक्सीजन प्लान्ट मर्मत नहुँदा मासीक डेढलाख खर्च

असोज ०९, २०७६  

ओपेन्द्र बस्नेत
तुलसीपुर,९ असोज/ बिग्रिएको अक्सीजन प्लान्ट समयमै मर्मत नहुँदा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई मासिक डेढलाख बढीको आर्थिक व्ययभार परेको छ । ४ बर्ष अघि ८० लाख लागतमा संचालनमा आएको अक्सिजन प्लान्ट बिग्रीएको दुई महिना भएपनि मर्मत हुन सकेको छैन । जसका कारण अक्सिजन खरिदमा मासिक एक लाख ५७ हजार रुपैयाँ खर्च हुने गरेको अस्पतालका अधिकृत राजु श्रेष्ठले बताउनुभयो । बिरामीको चाप हेरेर अस्पतलामा दैनिक ५ देखि ८वटासम्म अक्सिजन सिलीण्डर खपत हुदै आएको छ । बाहिरबाट खरिद गर्दा प्रति सिलिण्डर ढुवानी सहित एक हजार ५० रुपैयाँ पर्ने गरेको अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । ‘काठमान्डौबाट मान्छे बोलाएर अक्सीजन प्लान्ट सर्भीसीङ ग¥र्यौ,’ अधिकृत श्रेष्ठले भन्नुभयो– ‘त्यसको एकहप्ता पछि मबिल चुन थालेपछि बन्द ग¥यौं ।’
यस अघि अस्पतालै अक्सिजन प्लान्ट संचालन हुदा दैनिक ८ देखि १० वटासम्म अक्सिजन सिलिन्डर उत्पादन हुदै आएको थियो । बिग्रीएपछि उत्पादन कार्य पनि अहिले बन्द भएको छ । दाङमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मात्रै पाईपलाइन मार्फत बहिरङ्ग विभाग, अन्तरंग विभाग, पोष्टअप वार्ड र डाइलासीस वार्डमा बिरामीका प्रत्यक बेडमा अक्सिजन पु¥याइएको छ । अक्सिन उत्पादन नहुने ठाउँमा अक्सिजन सिलिण्डर नै लगेर बिरामीलाई अक्सिजनको सेवा दिने गरिन्छ ।
यता राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. सर्वेश शर्माले दशै अघि नै अक्सिन प्लान्ट मर्मतपछि संचालमा आउने बताउनुभएको छ । ‘अक्सिजन प्लान्ट सप्लाई गर्ने कम्पनी नेपालमा एक÷दुई वटा मात्रै भएकाले समय दिन सकिरहेका छैनन् ,’ मेडिकल सुपरीटेन्डेन्ट शर्माले भन्नुभयो–‘ अर्को कुरा यसको सामान विदेशबाट मगाउनु पर्ने भएकाले केहि ढिला भएको छ ।’प्लान्ट बिग्रीए पनि बिरामीलाई सेवा दिइरहेको अस्पताले बताएको छ ।
‘हाम्रो आफनै उत्पादन हुँदा धारामा पानी खोलेजस्तै सजीलो थियो । आफुसंग भएको जस्तो त कहाँ होला ,’ मेसु डा. शर्माले भन्नुभयो– ‘बाहिरबाट ल्याउँदा गुर्काउदै ल्याउनुप¥यो । आर्थिक र समयको खर्च पनि हुनेभयो ।’

Advertisement

 

 

प्रतिक्रिया दिनुहोस