व्यवस्थापनमा ज्ञानज्योतिका विशाल प्रथम

असोज ०८, २०७६  

तुलसीपुर,८ असोज । राष्ट्रिय परीक्षा बोर्डले मंगलवार सार्वजनिक गरेको कक्षा ११ को नतिजामा व्यवस्थापन संकायमा ज्ञानज्योति माविका विशाल विक ५ नम्वर प्रदेशकै पहिलो भएको कलेजले दावि गरेको छ । कलेजका सहप्राचार्य मनोज केसीले दिएको जानकारी अनुसार विकले ३.८३ अंक ल्याएर प्रदेश प्रथम हुन सफल भएका हुन् । उनले जिपिएस प्रणालीबाट नतिजा निकाल्न थालेपछि यो नै व्यवस्थापन संकायमा अहिलेसम्मको उत्कृष्ट अंक भएको उनले दावि गरेका छन् । कलेजबाट व्यवस्थापन संकायमा ३ जनाले ए प्लस ल्याएको पनि उनले वताए ।

Advertisement

प्रतिक्रिया दिनुहोस