सरस्वती माविमा छात्रबृत्ति बितवरण

असोज ०८, २०७६  

 

Advertisement

दाङ, ८ असोज 

दाङको घोराही उपमहानगरपालिका वडा नं १५ स्थित सरस्वती माध्यमिक विद्यालय कोठेकोहल भरतपुरले एक कार्यक्रम गरी शैक्षिक बर्ष–२०७६ को छात्रबृत्ति बिवरतण गरेको छ । विद्यालयले कक्षा १ देखि ८ सम्मका   छात्रा हरुलाइ प्रति विद्यार्थी चार सय रुपैया, र ९ र १० मा अध्ययनरत दलित विद्यार्थीहरुका लागि प्रति विद्यार्थी पाँच सय रुपैयाका दरले दलित छात्रबृत्ति बितरण गरिएको विद्यालयका प्रधानाध्यापक वसन्ता पौडेलले जानकारी दिए ।

Advertisement

यसैबिच घोराही उपमहानगरपालिकाले शुरु गर्न थालेको खाजा कार्यक्रमका बारेमा विद्यालयले अभिभावकहरुसँग अन्र्तक्रिया गरेको छ ।

विद्यालयमा एक कार्यक्रम गरी अभिभावकहरुलाई आफ्ना वालबालिकाहरुलाई घरमै बनाइएको ताजा र सफा स्वस्थकर खाजा पठाउन अभिभावकहरुलाई अनुरोध गरिएको छ । अभिभावहरुले मापदण्ड अनुसारको खाजा पठाए खाजा ल्याउदाका दिन प्रति दिन १५ रुपैयाका दरले खाजा खर्च प्रदान गरिने समेत कार्यक्रममा जानकारी गराइएको थियो । विद्यालयका प्रधानाध्यापक वसन्ता पौडेलको सभापतित्वमा भएको कार्यक्रममा बोल्ने अभिभावकहरुले आफूहरुले घोराही उपमहानगरपालिकाले बनाएको र विद्यालयले दिने निर्देशन अनुसारको खाजा बनाई आफ्ना छोराछोरीलाई पठाउने प्रतिवद्धता ब्यक्त गरेका छन ।

विद्यालयका सहायक प्रधानाध्यापक प्रकाश डाँगीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा विद्यालयका शिक्षकहरु अर्जुनकुमार योगी, कुलशेखर शर्मा, नीमा डि.सी, कल्पना खड्का, सावित्री श्रेष्ठ, बालिका खड्का लगायतकाले बोल्नु भएको थियो । कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक हेमराज शर्मा गर्नु भएको थियो । कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीहरुलाई खाजा वापत प्रतिदिन प्रति विद्यार्थी १५ रुपैयाका दरले खाजा खर्ज उपलब्ध गराउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस