झारखण्डमा गाइ मारेको आरोपमा एकजनाको हत्या

असोज ०६, २०७६  

नयाँदिल्ली / भारतको पूर्वी झारखण्ड राज्यमा गाइ मारेको आरोप लगाउँदै उत्तेजित भएको भीडको आक्रमणबाट एकजनाको हत्या भएको छ ।राजधानी राँची नजिकै हिन्दु वाहुल्य पूर्वी क्षेत्रमा उक्त घटना भएको हो ।

Advertisement

१० देखि १५ जनाको भीडले तीनजनामाथि आक्रमण गरेको थियो । प्रहरी अधिकृत एमएल मिनाका अनुसार एकजनाको हत्या भएको र अरु दुईजना घाइते छन् ।उनीहरुको अहिले उपचार भइरहेको छ । साथै घटनाको छानविन भइरहेको प्रहरीले जनाएको छ । हिन्दु समुदायमा गाइको हत्या गर्नु वा मासु खान बन्देज छ ।

प्रतिक्रिया दिनुहोस