तुलसीपुरमा मातृमृत्युदर शुन्य

असोज ०६, २०७६  

 

Advertisement

तुलसीपुर, ६ असोज

तुलसीपुर उपमहानगरपालिकाको गत आर्थिक वर्षमा मातृशिशु मृत्युदर शुन्यमा झरेको छ । स्वास्थ्य शाखाले गरेको सर्वेक्षणमा आर्थिक वर्ष २०७५÷७६ मा कसैले पनि प्रसुतिका कारणले ज्यान गुमाएका छैनन् । स्वास्थ्य शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार आर्थिक वर्षमा २०७४÷७५ मा यसरी मृत्यु हुनेहरुमा प्रतिलाख ४५ जना रहेका थिए । तथ्यांक लिँदा सुत्केरी भएदेखि ४५ दिनसम्मका महिलाहरुलाई लिने गरिएको पनि डा. दाहालले वताए ।
तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको सुत्केरी भत्ता कार्यक्रमका कारणले गर्दा पनि मातृशिशु मृत्युदर शुन्यको अवस्थामा आएको डा. दाहालको भनाई छ । “सुत्केरी लक्षित हाम्रा कार्यक्रमहरु प्रभावकारी ढँगले सञ्चालन भएका कारण नतिजा सकारात्मक आएको हो । ” डा. दाहालको भनाई छ । नेपालमा हरेक वर्ष प्रतिलाख २ सय ३९ जनाले अझै पनि ज्यान गुमाइरहेको केन्द्रीय तथ्यांक रहेको छ । यसै गरी नवजात शिशु मृत्यु प्रति १० हजारमा ०.८ मा झरेको छ । अघिल्लो आर्थिक वर्षमा प्रति १० हजार १.७ मृत्युदर रहेको थियो । नेपालको मृत्युदरको अवस्था भने अझै पनि प्रति १० हजार २१ रहेको छ । “हाम्रो स्वास्थ्यको अवस्था सुधारिदै गएको छ ” दाहालले वताए । उनले सुत्केरी प्रोत्साहन भत्ताका कारण सुत्केरीले नियमित आफु र वच्चाको चेकजाँच गर्ने हुँदा सकारात्मक नतिजा आएको वताए । उपमहानगरपालिकाले सुत्केरी प्रोत्साहन अन्तर्गत न्यानो कपडा र पोषिलो खानाका लागि ५ हजार भत्ता दिदै आएको छ ।

Advertisement

यसैगरी उपमहानगरपालिकाको परिवार नियोजन तर ३३ प्रतिशतमा उकालो लागेको छ । अघिल्लो आर्थिक वर्ष २०७४÷७५ मा यो दर २३ प्रतिशत रहेको थियो । नेपालभरको परिवार नियोजनको सूचकांक ५३ प्रतिशत रहेको छ । “परिवार नियोजनको दरमा हामी पछाडि परेको भएपनि आगामी वर्ष राष्ट्रिय सुचकांकसँग भेटाउनेछौ ” प्रमुख डा. दाहालले वताए । उनले पछिल्लो समय विभिन्न अस्थायी साधनको प्रयोगका कारणले गर्दा पनि परिवार नियोजन गर्नेको संख्या कम रहेको वताए ।

उपमहानगरपालिभित्र आर्थिक वर्ष २०७४÷७५ मा ८४ प्रतिशत खोपसेवा पुग्न सकेकोमा गत आर्थिक वर्षमा ९५ प्रतिशत वालवालिकाले खोप सेवा लिएको तथ्यांक रहेको छ । नेपालभरको तथ्यांक हेर्दा ९० प्रतिशत रहेको देखिन्छ । यसैगरी स्वास्थ्य संस्थामा सुत्केरी गराउँनेका संख्या पनि पछिल्लो समय वृद्धि हुँदै गएको छ । आर्थिक वर्ष २०७४÷७५ मा स्वास्थ्य संस्थामा सुत्केरी गराउँनेका संख्या ६९ प्रतिशत रहेकोमा गत आर्थिक वर्षमा त्यो वृद्धि भएर ८५ प्रतिशतमा पुगेको छ । संस्थागत सुत्केरी वनाउने नेपालभरको सुचंकाक ५७ प्रतिशत रहेको छ । सुत्केरी भत्ता पाउनका लागि अनिवार्य रुपमा संस्थामै सुत्केरी हुनुपर्ने उल्लेख गरिएकाले पनि यसरी संख्या उल्लेख्य वृद्धि भएको डा. दाहालको भनाई छ । २.५ केजीभन्दा कम तौलमा वच्चा जन्मने प्रतिशत समेत घटेर गएको छ । उनका अनुसार २०७४÷७५ मा ९.७ प्रतिशत रहेकोमा यो वर्ष घटेर ७.५ प्रतिशतमा आएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस