पूर्बाधार बिकास प्राथामिकतामा: सांसद शाह

असोज ०६, २०७६  

बुद्धि पुन, सल्यान,६ असोज । कर्णाली प्रदेश सभा सदस्य गुलावजंग शाहले सल्यानको बिकासको लागी पूर्बाधार बिकासलाई प्राथामिकतामा राखिएको बताउनुभएको छ । उहाँले जिल्लामा निर्माण भएका दर्जनौँ सडकको स्तरोन्नती नभएको, शिक्षा, स्वास्थ्य क्षेत्रमा भौतिक संरचनाको अभाव देखिएको, बिद्युक्तको उचित बिस्तार हुन नसकेको भन्दै जिल्लाको बिकासको लागी पूर्वाधार बिकासलाई प्राथामिकता दिने बताउनुभएको हो ।

Advertisement

जिल्लाको शारदा नगरपालिका वडा नम्बर ७ ले कालिका माद्यामिक बिद्यालयको प्रांगण कजेरीमा आईतबार आयोजना गरेको वडा स्तरीय अन्तर बिद्यालय हाजिरीजवाफ, बक्तृत्वकला प्रतियोगिता तथा दशैँ तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

सल्यान प्रदेशसभा क बाट निर्बाचित प्रदेशसभा सदस्य शाहले यस वडामा अझैपनि बिद्युत्तको पहुँच पुग्न नसकेकाले बिद्युत्त बिस्तारको लागी पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । वडाअध्यक्ष लिला बहादुर रोकाको अध्यक्षतामा भएको कार्यक्रम भएको थियो । वडासचिब नरेश कुमार बिष्टको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन पत्रकार शिव डाँगीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस