जनप्रतिनिधि र व्यवसायीविच मैत्रीपूर्ण खेल

असोज ०४, २०७६  

तुलसीपुर । संविधान दिवसको अवसरमा तुलसीपुर उपमहानगरपालिका युवा तथा खेलकुल समितिको आयोजनामा जनप्रतिनिधि र व्यवसायीविच मैत्रीपूर्ण फुटवलको आयोजना गरिएको छ । वडा नम्वर ७ को वराहथान चौर खेलमैदानमा भएको खेलमा २ का विरुद्ध उपमहानगरपालिकालाई उद्योग वाणिज्य संघले ५ गोलले पराजित गरेको छ ।

Advertisement

६० मिनेटको खेलमा तुलसीपुर उद्योग वाणिज्य संघका तर्फबाट हेमराज वस्नेतले ३, सुरजजंग रायमाझीले १ र विनिल केसीले १ गोल गरेका थिए । उपमहानगरपालिकाको तर्फबाट नगरप्रमुख घनश्याम पाण्डेले १ र वर्षात भण्डारीले १ गोल गरेका थिए । खेलमा विजय हासिल गरेसँगै उद्योग वाणिज्य संघले खसी उपहार पाएको छ ।
खेल समापन कार्यक्रममा वोल्दै नगरप्रमुख पाण्डेले संविधानले जनतालाई स्वतन्त्र वनाएको भन्दै मुलकु समृद्धिको वाटोमा अगाडि वढ्दै गएको कुरामा जोड दिए । तुलसीपुर उपमहानगरपालिकाले खेललाई प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाई थियो । कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरु रावतले पनि वोलेका थिए । समितिका संयोजक अमर नेपाली माइकलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन खेल संयोजक दिपक कुमालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस