तुलसीपुरमा खुल्यो ओमेगा इन्स्टिच्युट

असोज ०३, २०७६  

तुलसीपुर,३ असोज । तुलसीपुरमा ओमेगा इन्स्टिच्युट सञ्चालनमा आएको छ । इन्स्टिच्युटले आज एक कार्यक्रम गरी उद्घाटन गरेको छ । सञ्चालक कपिल केसीको अध्यक्षता तथा राप्ती ववई क्याम्पसका संचालक समिति अध्यक्ष विष्णु कुमार देवकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि देवकोटाले नाफामुखि भन्दा गुणस्तरीय शिक्षा दिन सके पश्चिम क्षेत्रमा नमु्ना बन्ने बताएका थिए । शिक्षा राम्रो दिन सके विद्यार्थीको संख्या आफै बढ्ने हुदा यसको ब्यवस्थापनमा ध्यान दिनुपर्ने उनले बताएका थिए ।

Advertisement

कार्यक्रमका विशिष्ठ अतिथि शिक्षाविद् विष्णु प्रसाद आचार्यले आवस्यकता अनुसार शिक्षा दिन इन्स्टिच्युट लाग्नुपर्ने बताएका थिए । गुणस्तरीय शिक्षाको लागि प्रतिस्पर्धा भन्दा पनि सहकर्मि भई अघि बढ्न सुझाव दिएका थिए । सो अवसरमा रिपार्टस क्लवका अध्यक्ष शरद रेग्मी,गुरुजजुरका शिक्षक गोपाल बुढाथोकी लगायतले बोलेका थिए ।

सञ्चालक सुमन शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण आशा वलीले गरेकि थिईन । विद्यार्थीको भविष्य बनाउने उदेश्यले खोलिएको इन्स्टिच्युटमा लोकसेवा तयारी कक्षा,ब्रिज कोर्ष,जापनिज भाषा,कोरीयन भाषा लगायतको कक्षा सञ्चालन हुने छ । इन्स्टिच्युट तुलसीपुर ५ देव विकास बैंक नजिक रहेको छ ।


प्रतिक्रिया दिनुहोस