मृत्यु संकास्पद भएको भन्दै आफन्तले शव बुझेनन

असोज ०३, २०७६  

तुलसीपुर,३ भदौ

Advertisement

हेमन्तपुरको सुधार गृहमा ल्याएका युवकको मृत्यु संकास्पद भएको भन्दै आफन्तले शव बुझन मानेका छैनन् । रुकुमको त्रिवेणी गाउँपालिका–६ निबासी २८ बर्षका प्रकाश पुनको तुलसीपुर उपमहानगरपालिका–१८ हेमन्तपुरमा रहेको मार्गदर्शन पुर्नस्थापना सुधार केन्द्रमा बिहिबार बिहान सवा दुई बजे मृत्यु भएको थियो ।

मृतकका आफन्तले छोरासंग कुरा भइरहेको भन्दै एक्कासी मृत्यु हुनु संकास्पद भएको भन्दै घटनाको छानविनगरी दोषीलाई कारबाही नगर्दा सम्म शव बुझने बताएका छन् । प्रहरीले पुर्नस्थापना केन्द्रका संचालकमाथि हिजो साँझ किटानी जाहेरी दिने भने पनि तयारी नपुगेको भन्दै फर्कीका आफन्तले आज जाहेरी दिने बताएका छन् । मृतकको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ । यता केन्द्रका संचालक रबिन महरले युवको मृत्यु एक्कासी भएको भन्दै दुख व्यक्त गरेका छन् ।

Advertisement

‘ म घोराही थिए प्रकाशको मृत्यु भएछ,’ महरले भने–‘ पिडामा आफन्त भएकाले आक्रोस हुनु स्वभाविकै हो । तर त्यसको बास्तविकता पोष्टमार्टम रिपोर्टपछि मात्रै थाहा हुन्छ ।’

संचालकले हृदयघात भएको हुनसक्ने आसंका गरेका छन । मदिरा प्रयोगकर्ता प्रकाशलाई साउन १ गते सुधार केन्द्रमा लाइएको थियो । सुधार केन्द्रमा अहिले २६ जना रहेका छन । कुलतमा फसेकलाई सुधार गर्न केन्द्रले महिनाको साढे १५ हजार रुपैयाँसम्म लिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस