कपडाको अनुगमन गरेपछि व्यापारीद्धारा नाराबाजी

 

काठमान्डौ, २ असोज

सरकारले कपडा व्यवसायको अनुगमन गर्न थालेपछि व्यवसायीले नाराबाजी गरेका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले बिहीबार न्युरोडमा अनुगमन गर्नथालेपछि व्यवसायीले नाराबाजी गरेका हुन ।
विभागले चाडबाडलाई लक्षित गरी न्युरोडमा रहेको रञ्जना कम्प्लेक्समा तीन टोली अनुगमन खटाएको थियो । अनुगमनको क्रममा व्यवसायीहरूले लत्ताकपडामा मूल्यसूची नराखी मनपरी मूल्य कायम गरेको भेटिएपछि ४ व्यवसायीलाई ५० हजार रुपैयाँको दरले जरिवाना गरेको थियो । त्यसपछि व्यापारीले विरोध गरेको विभागका निरीक्षण अधिकृत रमेशकाजी श्रेष्ठ, बताए ।

‘तीन टोलीले अनुगमन गरिरहेका थियो । सुरुमा ठिकै थियो । लत्ताकपडामा मूल्य थिएन । मनोमानी मूल्य लिएको भेटिएपछि जरिवना गर्‍यौं,’ श्रेष्ठले भने, ‘त्यसपछि व्यवसायीहरूले सटर बन्द गरेर विरोध सुरु गरे । उनका अनुसार व्यापारीले ‘घुसिया कर्मचारी मुर्दावाद’, ‘दसैंमा मात्रै अनुगमन गर्न पाइदैन,’ भन्दै नाराबाजी गरेका थिए ।

 

प्रकाशित मिति : २०७६ असोज २ गते बिहिवार
प्रतिक्रिया