अमिलीयाको भन्जयाङमा गोली चल्यो , एकजना पक्राउ

 

तुलसीपुर, २ असोज
अमिलीया तुलसीपुर सडक खण्डको भन्जयाङमा गोली चलेको छ । ४ जनाको समहूमा रहेका भारतीय नागरिकले गाडी रुपैडिया निबासी कार चालक ३० बर्षका मेरजअलि शाहमाथि दुई राउण्ड गोली प्रहार गरेको पिडितले जानकारी दिएका छन् ।
सो समहुले UP40AD0911 नम्बरको कार चालक शाहमाथि गोली हानेको  इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक खिमबहादुर घर्तीले जानकारी दिए । हामी अहिले पनि घटना स्थलमा छौ,’ प्रहरी निरीक्षक घर्तीले भने–‘ एउटा खोका र अर्को नपड्केको गोली भेटाएका छौ ।’ सो समुहले तुलसीपुर र घोराहीमा पैसा उठाउने काम छ भन्दै ७ हजार ४ सय रुपैयाँमा गाडी भाडामा लिएका चालकमाथि नै गोली प्रहार गरेछ ।’
भन्जयाङमा आइपुगेपछि सौंच गर्ने भन्दै रोकेर चालकलाई कुटपीट गर्दै खौलामा लगेर गोली हानेपनि भागेर ज्यान बजाएको प्रहरीले बताएको छ । चालकलाई गोली लागेको छैन । घटनामा संलग्न रहेको आरोमा प्रहरीले भारतको नाकपुर निबासी महमद जावेदलाई प्रहरीले नियन्त्रणम लिएको छ । पक्राउ परेकाले भारतकै टाईगर भन्नेले गोली हानेको बताएका छन् ।

सो समुहले चालकसंग भएको १५ हजार, एक थान मोबाईल सेट, औठी लुटेर लगेको प्रहरीले बताएको छ । धेरै पैसा भएर वा पुरानो रिसीइबीका कारण मार्ने उद्देश्यले पनि गोली हानेको हुनसक्ने प्रहरीले बताएको छ । अन्य तीन जना भने फरार रहेका छन् । त्यस मध्य एक जना नेपाली रहेको बुझीएको छ ।

फाइल फाेटाे 

प्रकाशित मिति : २०७६ असोज २ गते बिहिवार
प्रतिक्रिया