काठमाडौ खुला दिसामुक्त घोषणा

भदौ ३१, २०७६  

काठमाडौ ,३१ भदाै

Advertisement

संघीय राजधानी काठमाडौलाई खुला दिसामुक्त घोषणा गरिएको छ । काठमाडौ जिल्लाका सबै नगरपालिकाहरु खुला दिसामुक्त घोषणा भएपछि काठमाडौ जिल्लालाई नै खुला दिसामुक्त घोषणा गरिएको हो । काठमाडौ महानगरपालिकालाई गत २४ गते मात्र खुला दिसामुक्त घोषणा गरिएको थियो ।

Advertisement

 

खुला दिसामुक्त घोषणा समारोहमा विकास साझेदारहरुको प्रतिनिधित्व गर्दै विश्व स्वास्थ्य संगठनका सुदन पन्थीले अब खुला दिसामुक्त घोषणा गरेर मात्र सरसफाइको दिगो लक्ष्य पूरा नहुने भएकाले अब यसको सुरक्षित विसर्जनमा ध्यान दिनुपर्ने बताउनुभयो ।

 

 

उहाँले सरकारको नेतृत्वमा विकास साझेदार संस्थाहरु पूर्ण सरसफाइ सम्बन्धी क्रियाकलापलाई अगाडि बढाउन कटिबद्ध रहेको समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

यस्तै खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालका अध्यक्ष राजेन्द्र अर्यालले खुला दिसामुक्त क्षेत्रलाई दिगोपना दिलाउन काठमाडौमा सार्वजनिक शौचालयहरु व्यवस्थित हुनुपर्ने र अतिक्रमित बस्तीहरुमा पनि सरसफाइ सुविधा हुनुपर्ने बताउनुभयो ।

घोषणा समारोहमा खानेपानी तथा ढल व्यवस्थापन विभागकी उपमहानिर्देशक मीना श्रेष्ठले सरकारको नीति तथा कार्यक्रममा समेत राष्ट्रलाई चालु आर्थिक बर्षभित्रै खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रम रहेकाले यही असोज १३ गते भव्य रुपमा खुला दिसामुक्त घोषणा गरिने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस