भारतमा बेचिएका तुलसीपुरका बालकले आमासंग जान्न भन्दै रुनथालेपछि …( भिडियो सहति )

भदौ ३१, २०७६  

तुलसीपुर, ३१ भदौ

Advertisement

कसैलाई सबै भन्दा नजिकको आफन्त कोहो भनेर सोध्यो भने त्यसको उत्तर के आउला ? सजिलै अुनमान लगाउन सकिन्छ । आफुलाई जन्मदिने बाबु–आमा । नजिकको भनेको नै बाबु अमानै हो । त्यसमा पनि अझै भन्ने हो भने आमा नै नजिकको । किनकी ९ मिहना गर्भमा राखेर दशधारा दुध खुवाएर पालनपोषण गर्दै हुर्काउने भनेको नै आमा हुन । बुबा–आमा मध्य सबै भन्दा मायाँ कसको लाग्छ  भनेर बालबालिकालाई सोध्ने हो भने उनिहरुको पहिलो बोलीमा नै आमा त्यसपछि बाबुको पालो आउँछ ।

तर तुलसीपुरमा ठिक यसको उल्टो भएको छ । भारतबाट उद्धार गरेर दाङ ल्याइएका बालकले आमासंग जान्न भन्दै रुन थालेपछि उद्धार कर्ताहरु नै विलखबन्धनमा परेका छन् । बिजौरी निबासी १४ बर्षका बालक बिशाल चौधरीलाई युवाहरुको टोलीले भदौ २३ गते भारतको हिमाचल प्रर्देश पञ्जली–४ सिमलाबाट उद्धार गरेर आज आफन्तको जिम्मा लगाउन तुलसीपुर ल्याइ पु¥याएका थिए । बालकलाई आफन्तको जिम्मा लगाउन आयोजना गरिएको कार्यक्रममा आमाले छोरालाई समात्न खोज्दा विशाल जान्न भन्दै उद्धारकर्ता जुम्मलाका प्रतिष्क विष्ट(अमर)लाई पकडेर रुन थालेपछि सहभागी सबै चकित परेका थिए । बालकलाई लिन आमा मायाँ चौधरी र मावली तर्फकी हजुर आमा तुलसीपुर उपमहागनरपालिकामा आएका थिए ।

Advertisement

 

बालकले जान्न भनेपछि अहिले इलाका प्रशासन कर्यालय, इलाका प्रहरी कार्यालय, नगरपालिका, महिला तजा बालबालिका शाखा कार्यायका प्रमुख बसेर उसको सुरक्षा र बसोबासका लागि छलफल गरिरहेका छन् । कञ्चपुर पुर्नवासबाट सिम्लामा पुगेका मजदुरले बालकलाई मालिकको घरमा दयनिय अवस्थाम काम गरेको देखेपछि उनिहरुले कञ्नपुरकै पत्रकारहरुलाई जानकारी गराएका थिए । बालकको अवस्थाका बारेमा कञ्चनपुरबाट प्रकाशित नागरिक आवाजका सम्पादक दिपेन्द्र बस्नेत, पत्रकीकाकै जुद्ध चौधरी जुम्लाका प्रतिक विष्ट(अमर) तीन जनाको टोलीले बालकको भदौ २३ गते उद्धार गरेर २५ गते नेपाल ल्याई पु¥याए थिए ।

पंहेलो कुर्ता र सेतो दोपट्टामा रहेकी बालकको आमा हुन् ।

मालिकले बालकलाई रुखमा चढेर स्याउ टिप्ने पठाउने , स्याका भारी बोक्न लगाउने लगाएतका जोखिम पूर्ण काममा लागाउने गरेका थिए । ‘ पैसा तैले पाउदैनस तलाई पठाउने मान्छेलाई दिन्छु भन्थ्यो,’ बालकले भने । उनलाई पर्सेनीका भिनाजु नाता पर्ने काजु चौधरीले गएको चैत्र २९ गते भारतीय गाडीमा राखेर भारत पु¥याएका थिए । उद्धार कर्ताले  काजु चौधरीले बेचेको बताएका छन् ।  बुबाको हत्यापछि आमा पनि दोस्रो विहे गरेर गएपछि ६ बर्षको उमेरदेखिनै बालक अभिभावक विहनीन भएका थिए ।

भिडियाे हेर्न तल  क्लिक गर्नुहोस ।

 

 

प्रतिक्रिया दिनुहोस