मावि उरहरीले मनायो वालदिवश

भदौ २९, २०७६  

तुलसीपुर,२९ भदौ । तुलसीपुर ११ उरहरीमा रहेको अमर माध्यमिक विद्यालयले र्याली तथा कार्यक्रम गरि राष्ट्रिय वाल दिवश मनाएको छ । विभिन्न नारा लेखिएका प्ले कार्ड सहितको र्याली जनबहार चोक,उरहरी चोक हुदै विद्यालयमा आई कार्यक्रममा परीणत भएको थियो । शिक्षक थानेश्वर आचार्यको अध्यक्ष तथा प्रधानाध्यापक पदम प्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

Advertisement

कार्यक्रममा बोल्ने शिक्षक तथा विद्यार्थीहरुले वालवालिकाका अधिकारका बारेमा जनचेतना फैलाउनुपर्ने बताएका थिए । अझै पनि समाजमा वालवालिका आफ्नो अधिकार बाट बञ्चीत भएको हुदा यसमा सबै जिम्मेवार भई वाल अधिकार सुनुश्चित बनाउन तर्फ लाग्नुपर्नेमा जोड दिएका थिए । विद्यालयमा कितावि ज्ञान मात्रै नभई वालवालीकालाई हरेक कुराको शिक्षा दिनुपर्नेमा उनिहरुले जोड दिएका थिए । कार्यक्रममा वालदिवश, दिवशको महत्व र वालअधिकारका बारेमा जानकार िसमेत गराईएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले वाल दिवशको सन्दर्भमा विविध रचना प्रस्तुत गरेका थिए । सो अवसरमा विद्यालयका सहायक प्रधानाध्यापक पदम बहादुर वली,शिक्षक क्षेत्र बहादुर गिरी,विद्यार्थी किरण वली लगायतले बोलेका थिए । कार्यक्रमको सहजिकरण शिक्षक नारायण प्रसाद भण्डारीले गरेका थिए ।।


प्रतिक्रिया दिनुहोस