पिरतिको नशा म्युजिक भिडियो सार्वजनिक

भदौ २८, २०७६  

तुलसिपुर,भदौ २८
नेपाली कथानक म्युजिक भिडियो शनिबार एक कार्यक्रमका बिच सार्वजनिक गरिएको छ । दाङका विभिन्न पर्यटकिय क्षेत्रमा सुटिङ गरिएको भिडियो पिरतिको नशा सार्वजनिक गरिएको हे ।भिडियोका निर्माता यमकान्त भण्डारीको अध्यक्षता एव रिपोर्टस क्लब नेपाल प्रदेश नम्बर ५ का अध्यक्ष शरद रेग्मीको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सकारात्मक सन्देश प्रबाह गर्न सफल भएको भन्दै प्रसंशा गरेका थिए । उनिहरुले दाङको पर्यटन प्रबर्दन र समाजमा भैरहेका गतिविधिहरुलाई म्युजिक भिडियो मार्फत उजागर गर्न भुमिका खेलेको समेत बताएका थिय ।

Advertisement

कार्यक्रममा झण्डै ६ मिनेटको भिडियो समेत प्रदर्शन गरिएको थियोे । सो अबसरमा मोडेल लक्ष्मि सेवा,डाईरेक्टर राजन वैश्य,डान्स डाईरेक्टर रितेस गौतम लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण पत्रकार बिष्णुकुमार देबकोटाले गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस