बिश्राम कक्षको प्रभावले सल्यानमा छात्राहरु नियमित

सल्यान, २८ भदौ 

बिश्राम कक्षको प्रभावले सल्यानमा छात्राहरु नियमित विद्यालय आउने गरेका छन् । जिल्लाको कपुरकोट गाउँपालिकाले आफ्नो पालिकाभित्रका सबै माध्यामिक विद्यालयहरुमा विभिन्न सुविधा सहित छात्रा विश्राम कक्षको ब्यवस्था गरिदिएपछि नियमित रुपमा छात्राहरु विद्यालय आउने गरेको सम्बन्धीत विद्यालयहरुले जानकारि दिएका छन् ।

महिनावारी भएको बेला बिद्यालयमा अनुपस्थीत हुने समस्या आएपछि गाउँपालीले बिश्राम कोठाको व्यवस्था गरेको थियो । बिश्राम कोठाको व्यवस्था भएपछि अहिले महिनावारी भएको बेला छात्राहरुको बिद्यालय अनुपस्थीत हुने समस्या हटेको कालीका माध्यामीक बिद्यालय कपुरकोटका शिक्षीका हिमा सुबेदीले बताइन् ।

‘पहिले छात्राहरु महिनावारी भएको बेला बिद्यालय आउदैनथे, आएपनि घर फर्किन्थे, बिश्राम कोठाको व्यवस्था भएपछि अहिले बिद्यालयमै आराम गर्छन,’ उनले भनिन् । पहिले महिनावारी भएको बेला बिदा लिएर जाने गरेकोमा अहिले छात्राहरु नियमित आउने र पढाइमा असर नपरेको शिक्षीका सुबेदीले बताउनु भयो ।

महिनावारी भएको बेला भिबिन्न समस्याहरु झेल्नु परेकोमा अहिले भने त्यो समस्या हटेको कालीमा माध्यामिक बिद्यालय कक्षा १० मा अध्यनरत छात्रा शान्ति पुन मगरले बताइन् ।

महिनावारी भएको बेला बिद्यालय आउदा बिशेष गरी किशोरीहरुलाई समस्या हुने देखिएपछि गाउँपालीकाले पाँच वटै माध्यामिक बिद्यालयमा बिश्राम कोठाको व्यवस्था गरेको कपुरकोट गाँपालीकाका अध्यक्ष भिम बहादुर सेनले बताए ।

प्रकाशित मिति : २०७६ भाद्र २८ गते शनिवार
प्रतिक्रिया