शिक्षक संगठनद्धारा स्वागत तथा प्रशिक्षण

भदौ २८, २०७६  

तुलसीपुर,२८ भदौ । नेपाल राष्ट्रिय शिक्षक संगठनको स्वागत,विदाई तथा प्रशिक्षण कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको छ । तुलसीपुर नगर समितिको आयोजना तथा जिल्ला समितिको ब्यवस्थापनमा उक्त कार्यक्रम सम्पन्न भएको हो । नगर समितिका अध्यक्ष पदम बहादुर वलीको अध्यक्षता तथा प्रदेश नम्बर ५ का सचिब भागवत पौडेलको प्रमुख आतिथ्यमाा कार्यक्रम भएको थियो ।

Advertisement

सो अवसरमा बोल्ने बक्ताहरुले गुणस्तरीय शिक्षा संगै संगठन निर्माणमा लाग्नुपर्नेमा जोड दिएका थिए । विद्यालयको शैक्षिक अवस्था सुधारका लागि शिक्षकको भुमिका महत्वपुर्ण हुने हुदा सबै शिक्षक जिम्मेवार हुनुपर्ने उनीहरुले बताएका थिए ।  कार्यक्रममा राष्ट्रिय शिक्षा पुरस्कार वाट पुरस्कृत मावि सेण्टरका प्रधानाध्यापक तथा प्रदेश नम्बर ५ का सचिब भागवत पौडेललाई सम्मान गरिएको थियो भनेर लामो समय सम्म सेवा गरि गोल्डेन ह्यान्डसेक मार्फत सेवा निवृत्त शिक्षकहरुलाई विदाई गरिएको थियो ।

यस्तै,तुलसीपुरका विद्यालयमा सरुवा भई आएका,अन्य संगठन परीत्याग गरी शिक्षक संगठनमा आएका तथा नवनियूक्त शिक्षकहरु प्रेम बहादुर वली,लक्ष्मीराज गिरी,विमला डाँगी,मान बहादुर वली,विश्वराज रिजाल,मान बहादुर बुढा,कालिका चन्द लगायतका शिक्षकहरुलाई स्वागत गरिएको थियो । सो अवसरमा शिक्षक संगठनले आगामि दिनमा गर्ने काम,संगठन निर्माणमा खेल्नुपर्नेमा भुमिका र शैक्षिक सुधारका लागि खेल्ने भुमिकाका बारेमा प्रशिक्षण दिईएको थियो ।

Advertisement

नगर समितिका सदस्य तथा जिल्ला समिति तुलसीपुरका प्रतिनिधि निर्मल कुमार वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संगठनका जिल्ला अध्यक्ष दामोदर बस्नेत,उपाध्यक्ष श्यामा रावत,नेकपा दाङका अध्यक्ष टिकाराम खड्का,प्रदेश सह सचिब अम्वीका रावत,पेशागत महासंघकि रमा आचार्य,जिल्ला सचिब मिनराज शर्मा,राष्ट्रिय पार्षद प्रेम वली लगायतले बोलेका थिए । कार्यक्रमको सहजिकरण नगर समितिका सचिव होम राज डाँगीले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस