पार्टि निर्माणमा जुट्नुस: सभापति देउवा

भदौ २८, २०७६  

तुलसीपुर,२८ भदौ । नेपाली काग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीलाई एक ढिक्का बनाउनका लागी सम्पुर्ण नेता कार्यकर्ता एकजुट हुनुपर्ने बताएका छन् । तुलसीपुर स्थित विपिचोकमा विश्वश्वेर प्रसाद कोईरालाको शालिक अनावरण कार्यक्रमलाई सम्वोधन गदै सभापति देउवाले यस्तो बताएका हुन् ।

Advertisement

सभापति देउवाले विगतमा पार्टीका कार्यकर्ताको अन्तरघातका कारण पराजय हुनुपरेको बताएका छन् । यसकारण पार्टीका नेताकार्यकर्ता सवै पार्टी निर्माणमा लाग्न आग्रह गरेका छन । नेपाली काग्रेस निर्वाचन क्षेत्र नम्वर ३ दाङको आयोजनामा भएको कार्यक्रममा बोल्दै उनले कम्युनिष्ट सरकारले अराजकता फैलाउने काम गरेको आरोप लगाएका छन् । देशमा अहिले चर्को कर, भ्रष्टाचार,अशान्ती फैलिएको सभापति देउवाले बताएका छन् । क्षेत्रिय सभापति जगत बहादुर खड्काको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस