‘रोट्रयाक्टको सामाजिक भुमिका प्रशंसनिय’

भदौ २८, २०७६  

तुलसीपुर , भदौ २८ । अधिकारकर्मी एवम् मानव अधिकार तथा शान्ति समाज नेपालका केन्द्रिय महासचिव सुशिल बस्नेतले रोट्रयाक्ट क्लबले सामाजिक कार्यमा प्रशंसनिय भुमिका खेलेको वताउनु भएको छ । रोट्रयाक्ट क्लव अफ तुलसीपुरले आयोजना गरेको कार्यक्रममा अतिथि वक्ताको रुपमा वोल्दै बस्नेतले आफु रोट्रयाक्टका वारेमा पहिल्यै देखि जानकार रहेको र यसको सामाजिक कार्यवाट प्रभावित समेत रहेको वताउनु भयो । उहाँले रोट्रयाक्ट जस्तो प्रतिष्ठित संस्थाबाट सम्मानित हुन पाउँदा आफु अत्यन्त खुसी रहेको समेत वताउनु भयो ।

Advertisement

कार्यक्रममा बस्नेतलाई मानव अधिकार, पत्रकारिता र सम्वाद प्रक्रियावाट समाजमा पुर्याउनुभएको योगदानको कदर गर्दै क्लवका अध्यक्ष नबिन राईले सम्मान एवम् स्वागत गर्नुभएको थियो । कार्यक्रममा भावी अध्यक्ष प्रमिस लामिछानेले सम्मानित बस्नेतको जीवनी प्रस्तुत गर्नुभएको थियो भने क्लवका उपाध्यक्ष रन्जन सिंहले रोट्रयाक्ट र यसका गतिविधिका वारेमा जानकारी गराउनु भएको थियो ।

क्लवका कोषाध्यक्ष नारायण गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पूर्व अध्यक्ष सन्दिपन रिजाल, मर्यादापालक प्रवेश श्रेष्ठ, सदस्य सुरजजंग रायमाझी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । सचिव कमल डांगीले सहजिकरण गर्नुभएको कार्यक्रममा क्लवका प्रस्तावित अध्यक्ष हेमराज बस्नेतले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

Advertisement

यसैविच क्लवले एक जना नवप्रवेशीहरुलाई क्लवमा स्वागत गरेको छ । क्लवका पूर्व अध्यक्ष सचिन पौडेलले नवप्रवेशी लुना पौडेललाई पिन लगाएर स्वागत गर्नुका साथै प्रवर्तन पनि गराउनु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस