कांग्रेस सभापति देउवाले तुलसीपुरमा विपिको शालीक अनावरण गर्ने

तुलसीपुर,२८ भदौ । तुलसीपुरमा विपिको शालीक आज अनावरण गरिदैछ । पुर्ण कद सहितको शालिक नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अनावरण गर्ने कार्यक्रम रहेको छ । यस अघि हिजो घोराहीमा पनि विपिको शालिक देउवाले अनावरण गरेका हुन ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका सभापति देउवाले बाँके घटनाका दोषीलाई कारबाही नभए सदन चल्न नदिने चेतवानी दिनुभएको छ ।

जागरण अभियानका क्रममा बाँके सभापति किरण कोइरालासहित आफ्ना दर्जनौँ कार्यकर्ता घाइते भएको भन्दै तत्काल दोषीलाई कारबाहीको दायरामा ल्याउन आग्रह गर्नुभएको हो । पार्टीलाई सुदृढ गर्नका लागि जागरण अभियान सञ्चालन गरेको भन्दै पुर्ब प्रधानमन्त्री समेत रहनुभएका सभापति देउबाले सबै कार्यकर्तालाई एकजुट भएर पार्टी निर्माणमा लाग्न आग्रह समेत गर्नुभएको थियो ।
नेपाली काँग्रेस दाङका सभापति किर्तीबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य दिपक गिरी, किशोरसिंह राठौर, शिला खड्का लगायतका नेता कार्यकर्ताले बोल्नुभएको थियो ।

प्रकाशित मिति : २०७६ भाद्र २८ गते शनिवार
प्रतिक्रिया