बैंकको झन्डै १८ करोड रकम हिनामिना प्रकरण : थप एक जना पक्राउ

तुलसीपुर, २८ भदौ । बैंकको झन्डै १८ करोड रकम हिनामिना गरेको प्रकरणमा थप एक जना अनुसन्धानमा तानिएका छन् । उनलाई शुक्रवार प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । उनको नाम भने सार्वजनिक गरिएको छैन । तत्कालिन वेष्टनडेभलपमेन्ट बैंक हाल देव विकास बैंक नारायणपुर शाखाको १७ करोड ९९ लाख ९० हजार रुपैया रकम हिनामिना गरेको प्रकरणमा शाखा प्रवन्धक समिर बुढाथोकी पक्राउ परीसकेका छन् ।उनी माथी अनुसन्धान गदै जादा हाल सम्म उक्त प्रकरणमा एक दर्जन वढि नागरिक पक्राउ अनुसन्धानमा तानिएका छन् ।

प्रकाशित मिति : २०७६ भाद्र २८ गते शनिवार
प्रतिक्रिया