तुलसीपुर ६ भव्य समारोहका विच आज बालश्रम मुक्त वडा घोषणा हुदै

भदौ २८, २०७६  

तुलसीपुर , २८ भदौ ।तुलसीपुर उपमहनागरपालीका वडा नम्बर ६ लाई बालश्रम मुक्त घोषणा गर्ने सम्पुर्ण तयारी पुरा भएको आयोजकले बताएको छ । राष्ट्रिय बाल दिवसको सन्दर्भ पारी वडालाई शनिवार बालश्रम मुक्त वडा घोषणा गर्न लागीएको हो । वडामा रहेका बालश्रमिकलाई पुनस्थापना गदै वडालाई बालश्रम मुक्त घोषणा गर्न लागीएको वडा अध्यक्ष नवराज लामीछानेले बताएका छन् ।भव्य समारोहका विच वडालाई बालश्रम घोषणा गर्न लागीएको हो । कार्यक्रमको प्रमुख अतिथिका रुपमा संघिय सांसद हिराचन्द्र केसीलाई आमन्त्रण गरिएको प्रचारप्रसार उपसमितिका संयोजक नारायण भण्डारीले जानकारी दिएका छन् ।
कार्यक्रम हुनु अघि तुलसीपुरको त्रिशिद्धेश्वरी मन्दिर परिसरबाट झाँकी जुलस सहित ¥यालीको आयोजना गरिएको छ ।¥यालीले बजार परिक्रम गरी वडा कार्यालयमा पुगेर कार्यक्रममा परिणत हुनेछ । साथै उक्त कार्यक्रममा सहभागिताका लागी आयोजकले सवैमा अपिल गरेको छ । सो अवसरमा बालश्रम मुक्त वडा घोषणा गर्ने अभियानमा योगदान पु¥याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत गरिने भएको छ । तुलसीपुर उपमहानगरपालिकामा जनप्रतिनिधि आईसकेपछि पहिलो पटक तुलसीपुर ६ लाई बालश्रम मुक्त घोषणा गर्न लागीएको हो

Advertisement

प्रतिक्रिया दिनुहोस