पोष्टमार्टम गर्न डाक्टरको टोली घटनास्थल जाँदै

तुलसीपुर, २७ भदौ
पहिरोमा पुरिएर मृत्यु भएकाहरूकाे पोष्टमार्टमका लागि चिकित्सकको टोली थबाङ गाउँपालिकाको छेर्लाबाङ गएको छ । छेर्लाबाङमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएपछि पोष्टमार्टमकालागि जिल्ला अस्पताल लिबाङबाट डा. प्रकाश बुढाको नेतृत्वमा चिकित्सको टोली आज दिउसो घटनास्थल छेर्लाबाङ गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए । चिकित्सको टोली भोली राती सम्मपुग्ने अनुमान गरिएको छ ।

मृतकहरुको शव पोष्टमार्टका लागि सदरमुकाम ल्याउन करिब दुई दिन लाग्ने भएपछि चिकित्सकको टोली घटना स्थलमै पठाइएको हो ।
छेर्लाबाङमा पहिरोमा पुरिदा शिरकुमारी बुढा उनको ४ बर्षको छोरा असल बुढा, जेठाजु ३८ बर्षका जय बुढा, जेठानी दिदी ३६ वर्षीय मूलज्योति बुढा, छोरा ९ वर्षीय देवस्थी बुढा र २ वर्षकी छोरी करिश्मा बुढाको मृत्यु भएको थियो ।

 

प्रकाशित मिति : २०७६ भाद्र २७ गते शुक्रवार
प्रतिक्रिया