सेनेटरी प्याड बनाउँन सिक्दै किशोरीहरु

भदौ २७, २०७६  

दिप्तीशिखा चौधरी,दंगीशरण २७, भदौ । पृथ्वी जनता मा.वि. मा अध्ययन गर्ने सपना डांगी सेनेटरी प्याड बनाउँन सिक्दै थिईन् । उनलाई यो तालीम नौलो लाग्दै थियो । प्याड बनाउँने तालीम सिक्न पाउँदा खुसी लागेको उनले बताईन् । किशोरीहरुका लागि महिना महिनामा चाहिने सेनेटरी प्याड किनेर साध्य छैन , तालिम सिके अव आफैँ बनाएर प्रयोग गर्न सक्छु । उनले भनिन् । श्री जनता आधारभुत विद्यालय वुटनीयाकि पुजा चौधरीको अनुभव पनि उस्तै थियो । उनी आफुहरुका लागि चाहिने अत्यावश्यक सेनेटरी प्याड बनाउँन पाउँदा एकदमै खुसी लागेको बताईन् । अव आफु मात्र होईन साथीहरुलाई पनि प्याड बनाउँने तरिका सिकाउँने बताईन् ।

Advertisement

उनीहरु जस्तै तालिममा दंगीशरण भित्रका ७ वटा सामुदायीक बिद्यालयमा पढ्ने किशोरीहरुको सहभागिता रहेको थियो । उनीहरुले घरमा सधैँ प्रयोग गर्न सकिने र बाहिर हिड्दा प्रयोग गर्न सकिने भन्दै दुई थरीको प्याड बनाउँन सिके । यसले गर्दा प्याड किन्ने पैसाको बचत हुने बनीहरुले बताए । शिक्षीका गोमा कुमारी बुढाथोकिले अवका दिनमा यो तालिम बिद्यालयलाई केन्द्रित गरेर संचालन गर्नुपर्ने बताईन् । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले दंगीशरण भित्रका ३ वटा विद्यालयमा सेनेटरी प्याडको ब्यवस्था भएपनि अव यसलाई प्रमूख कार्यका रुपमा अगाडि बढाई बाकिँ १२ वटा बिद्यालयमा पनि यसको ब्यवस्था गर्नुपर्ने बताए ।

कुनै पनि काम थालनी गरेपछि त्यसलाई निरन्तरता दिन सम्बन्धित निकायलाई आग्रह गरे । सिड संस्था तुलसीपुर दाङको आयोजना एंव आई एम नेपालको सहयोगमा दंगीशरण गाउँपालिकामा संचालीत २ दिने सेनेटरी प्याड निर्माण सम्बन्धि तालिम समापनका अवसरमा बाल्दै उनले स्वास्थ्य संग जोडिएका विषयहरुलाई गहन रुपले लिनुपर्ने भन्दै बिद्यालयमा पढ्ने किशोरीहरुलाई प्राकृतिक समस्याका कारण बिद्यालय छोड्ने वातावरणको सिर्जना हुन नदिन आ – आफनो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने बताए ।

Advertisement

सो अवसरमा वडा न. १ का वडा अध्यक्ष श्रीप्रशाद चौधरी, स्वास्थ्य संयोजक दशरथ गिरी, हेकुली स्वास्थ्य चौकिका अहेव वासुदेव चौधरी, लगाएतले बोलेका थिए । सिड सस्ंथाकि सिता चौधरीको अध्यक्षता एंव गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको प्रमूख आतीथ्यतामा तालीम समापन गरिएको थियो । तालीममा २० जना किशोरीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस