गोली ठोकेर गुण्डा नाइके पक्राउ

भदौ २७, २०७६  

काठमाडौं । ज्यान मारेर भागेर गुण्डा नाइकेलाई नियन्त्रण लिने क्रममा प्रहरीले गोली प्रहार गरेको छ । अपराध महाशाखाको टोलीले धादिङका गुण्डा नाइके साजन गुरुङलाई नियन्त्रणमा लिने क्रममा काठमाडौमा गोली चलाएको हो ।

Advertisement

विभिन्न आपराधिक गतिविधिमा संलग्न गुरुङलाई गोलढुंगाको फूलबारी रेस्टुरेन्टमा देखेपछि प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो । तर, गुरुङले प्रहरी टोलीमाथि नै पेस्तोल तेर्स्याएपछि खुट्टामा गोली हानेर नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाका एसपी केदार ढकालले जानकारी दिए ।

उनीमाथि धादिङमा कर्तव्य ज्यान मुद्दासमेत रहेको खुल्न आएको प्रहरीले जनाएको छ । दुवै खुट्टामा गोली लागेका गुरुङको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । साजन गुरुङसँगै उनका सहयोगी टार्जन गुरुङ पनि पक्राउ परेका छन्

प्रतिक्रिया दिनुहोस