तुलसीपुर उपमहानगरले पसल दर्ताको अभियान चलाउँदै

भदौ २५, २०७६  

तुलसीपुर, २५ भदौ । तुलसीपुर उपमहानगरपालिका क्षेत्र भित्र सञ्चालन भएका सबै व्यवसायलाई दर्ता प्रक्रियामा ल्याउनका लागि तुलसीपुर उपमहानगरले अभियान सञ्चालन गरेको छ । विभिन्न निकायमा दर्ता भएपनि उपमहानगरपालिकाभित्र दर्ता नगरेर धेरै व्यवसाय सञ्चालन भइरहेको भन्दै व्यवसाय दर्ताको अभियान सञ्चालन गरिएको वित्तिय अधिकृत ललित घर्तिले वताए । उनले व्यवसाय दर्ताका लागि असोज महिना सम्म समय दिइएको बताएए । उनले उपमहानगरपालिका भित्रमा १२ हजार व्यवसाय सञ्चालन भएको भएपनि ५ हजारको हाराहारीमा मात्रै दर्तामा आएको वताए ।
व्यवसाय दर्ता गरेर सञ्चालन गरेको तिन वर्षभन्दा वढि समय भएकाहरुका लािग ३ वर्षको मात्रै नविकरण शुल्क लिएर दर्ता गरिने पनि घर्तिले वताए । उनले असोज महिना भित्र पनि दर्ता प्रक्रियामा नआए कारवाही प्रक्रिया अगािड वढाउने कुरामा जोड दिए । उनले व्यवसाय दर्ता नगरेर चलाइएको पाइएमा उपमहानगरपालिकाबाट हुने सबैखाले सेवा रोक्ने समेत वताए । उनले त्यस्ता व्यापारीहरुलाई कुनै पनि सिफारिस समेत नदिने वताए ।

Advertisement

 

 

प्रतिक्रिया दिनुहोस