तुलसीपुरमा भ्रष्टाचार विरुद्धको भण्डाफोर कार्यक्रम हुने

भदौ २५, २०७६  

तुलसीपुर, २५ भदौ । नेपालका लागी नेपाली अभियान जिल्ला कार्यसमिति दाङको आयोजनामा यहि भदौ २७ गते तुलसीपुरमा भ्रष्टाचार विरुद्धको भण्डाफोर कार्यक्रम हुने भएको छ ।तुलसीपुर विपिचोकमा दिउँसो १ वजे कार्यक्रम हुने सहसंयोजक हरि शाहले जानकारी दिएका छन् । उक्त कार्यक्रमलाई सम्वोधन गर्न अभियान्ताहरु डाक्टर सुरेन्द्र भण्डारी, डाक्टर बालकृष्ण न्यौपाने, ज्ञानेन्द्र शाही, सागर खड्का र सुरेस मुडभरीहरु दाङ आउन लागेका हुन् । पछिल्नो समयमा देशैभर भ्रष्टाचार मौलाएको र सर्वसाधरण नागरिकले दुःख पाएकाले यसको खवरदारीका लागी कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएको छ । साथै उक्त दिन कार्यक्रममा उपस्थित भईदिनका लागी आयोजकले सवैमा आग्रह समेत गरेको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस