स्वास्थ्यकर्मी आचार्यले कृष्ण मन्दिरलाई पंखा सहयोग गरे

भदौ २५, २०७६  

तुलसीपुर, २५ भदौ । तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखाका सहसंयोजक बसन्त आचार्यले तुलसीपुर ८ दुधेनामा रहेको कृष्ण मन्दिरलाई चार थान स्लिङ पंखा सहयोग गरेका छन् ।उनले आफना स्वर्गिय हजुरवुवा रोमहर्स आचार्य, बुवा डिल्लीराज आचार्य , धर्मपत्नी पारु आचार्य र भाई शिसिर आचार्यको स्मृतिमा बुधवार मन्दिरलाई पंखा सहयोग गरेका हुन् । कृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शोभाकर सापकोटालाई उक्त सहयोग सामग्री एक कार्यक्रमका विच आचार्यले हस्तान्तरण गरेका हुन् । सो अवसरमा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेका स्वकिय सचिव धर्म वली लगाएतको सहभागिता रहेको थियो ।

Advertisement

प्रतिक्रिया दिनुहोस