एक सामुदायिक विद्यालयमा निशुल्क शिक्षा, कक्षा ११ र १२ मा भर्ना शुल्क एक सय रुपैया

भदौ २५, २०७६  

लक्ष्मण विश्वकर्मा, तुलसीपुर, २५ भदौ । सामुदायिक विद्यालयहरुले विद्यार्थीहरुबाट शुल्क लिईरहेको अवस्थामा दाङको एक सामुदायिक विद्यालयले भने निशुल्क शिक्षा प्रदान गदै आएको छ । जिल्लाका सामुदायिक विद्यालयहरुले माध्यामिक तह सहित कक्षा ११ र १२ सम्म विद्यार्थीहरुबाट भर्ना शुल्क र मासीक शुल्क समेत लिदै आएका छन् ।
तर तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ खाद्रेमा रहेको जनश्रम माध्यामिक विद्यालय खाद्रेले कक्षा ११ र १२ मा समेत निशुल्क शिक्षा उपलब्ध गराउदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसी थापाले जानकारी दिएका छन् ।
नेपालको सविधान २०७२ ले मौलिक हक अन्र्तगत राज्यबाट आधारभुततह सम्मको शिक्षा अनिवार्य र निशुल्क तथा माध्यामिक तह सम्मको शिक्षा निशुल्क पाउने हकको व्यवस्था गरेको छ । तर उक्त विद्यालयले विगत ४÷५ वर्ष देखी नै उच्च शिक्षा अन्र्तगत कक्षा ११ र १२ सम्म निशुल्क शिक्षा प्रदान गदै आएको छ ।
विद्यालयमा ग्रामिण स्तरका किसान, गरिव बर्ग ,अति विपन्न परिवार, दलित लगाएतका समुदायहरुका बालबालिकाहरु पढ्न आउने भएकाले आर्थिक समस्यालाई मध्येनजर गदै निशुल्क शिक्षा प्रदान गरीएको हो । आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षाबाट बन्चित हुन नपरोस् भनेर यस्तो व्यवस्था गरिएको अध्यक्ष थापाले बताएका छन् ।
विद्यालयका सहायक प्रधानाध्यापक डिल्ली खत्रीका अनुसार कक्षा ११ र १२ मा विद्यर्थाी भर्ना शुल्क बापत प्रति विद्यार्थी एक सय रुपैया मात्रै लिईएको छ भने मासीक शुल्क कुनै विद्यार्थीबाट लिईएको छैन । माध्यामिक तह सम्म पनि न्युनतम भर्ना शुल्क लिईएको विद्यालयले बताएको छ ।
जवकी जिल्लाका अन्य सामुदायिक विद्यालयहरुले उच्च शिक्षा अन्र्तगत कक्षा ११ र १२ मा विद्यार्थी भर्ना शुल्क सहित न्युनतम २ सय देखि मासीक छ सय रुपैया सम्म शुल्क लिदै आएका छन् ।
विद्यालयमा कक्षा ११ मा ४५ जना र कक्षा १२ मा ३० जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । कक्षा ११ र १२ मा बाणिज्य र शिक्षा अन्र्तगत नेपाली र अग्रेजी विषय पढाई हुदै आएको छ ।
उक्त विद्यालय २०१७ सालमा स्थापना भएको हो । हाल विद्यालयमा कक्षा नर्सरी देखी माध्यामिक तह सम्म ६ सय विद्यार्थी अध्ययनरत रहेको सहायक प्रधानाध्यापक खत्रीले जानकारी दिएका छन् । विद्यालयमा कक्षा १ देखी ३ सम्म अंग्रेजी माध्यम मार्फत पढाई सन्चालन भईरहेको छ । अंग्रेजी माध्यममा पढाई सन्चालनका लागी भने विद्यार्थीहरुबाट डेढ सय सम्म मासिक शुल्क लिएको विद्यालयले बताएको छ ।
निशुल्क शिक्षाको गलत प्रचार
विद्यालयले निशुल्क शिक्षा दिन थालेपछि कतिपय अभिभावकले गलत प्रचार गरेका छन् । कतिपय अभिभावकले विद्यार्थी आकर्षण गर्ने बाहानामा निशुल्क शिक्षाको नारा दिएको भन्दै गलत प्रचार गरिदिएको विद्यालयले बताएको छ ।
निशुल्क शिक्षा भएको विद्यालयमा पढाई राम्रो नहुने भन्ने भ्रम फैलाउदै कतिपय अभिभावकले एसईई पास गरेका विद्यार्थीलाई अनेत्र भर्ना गरेको विद्यालयले बताएको छ । तर विद्यालयले भने कोहि कसैलाई आर्थिक समस्याका कारण शिक्षाबाट बन्चित हुन नपरोस् भनेर निशुल्क शिक्षाको व्यवस्था गरिएको बताएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस