रुखले च्यापेर दाङमा एक बालकको मुत्यु, एक घाईते

भदौ २५, २०७६  

तुलसीपुर, २५ भदौ । रुखले च्यापेर दाङमा एक जना बालकको मृत्यु भएको छ भने एक बालक घाईते भएका छन् । जिल्लाको बंगलाचुली गाउँपालिका वडा नम्बर ६ सोतीटोलाका हरिप्रसाद खत्रीका १० वर्षीय छोरा सुजन खत्रीको एक्कासी रुख ढलेर च्याप्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Advertisement

यस्तै सोहि घटनामा परेर दुर्गा खत्रीका छोरा ९ वर्षीय तिलक खत्री घाइते भएका छन्। उनको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले बताएको छ। उनीहरु दुवै बालक स्थानिय खमारी च्युरीडाँडा प्राथमिक विद्यालयबाट घर तर्फ फर्कदै गर्दा एक्कासी रुखले च्यापेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस