लेनदेन मुद्धामा फरार अभियुक्त पक्राउ

भदौ २५, २०७६  

तुलसीपुर, २५ भदौ । लेनदेन मुद्धामा फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्वर १६ नवरलपुर बस्ने ३४ बर्षिया शान्ती विक रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनी विरुद्ध गएको जेठ १६ गते दाङ देउखुरी जिल्ला अदालतले २ लाख १६ हजार रुपैया जरिवाना वा १ वर्ष ६ महिना कैद सजाय तोकेको थियो । उनलाई लुकीछिपी बसीरहेको अवस्थामा प्रहरीले मंगलवार पक्राउ गरी अदालत उपस्थित गराएको छ ।

Advertisement

 

प्रतिक्रिया दिनुहोस