प्रहरीले खुलायो पक्राउ पर्ने बैंकका कर्मचारीको नाम

भदौ २४, २०७६  

तुलसीपुर, २४ भदौ 

Advertisement

१८ करोड हिनामनामा संलग्न रहेको आरोपमा पक्राउ पर्ने देव विकास बैंक नारायणपुरका कर्मचारीको नाम प्रहरीले खुलाएको छ । अनुसन्धानमा बाधा पुग्ने भन्दै नाम गोप्य राखे पनि प्रहरीले पछि प्रहरीले बैंकका कर्मचारी पोषण जैसी र अनिल न्यौपाने नाम सार्वजनिक गरेको हो । ‘म्याद थप नगर्दै नाम भन्नुभएन,’ दाङका प्रहरी प्रमुख जनक भट्टराईले भने–‘ तुलसीपुर उच्च अदालतको बाणिज्य इजलाशबाट म्याद थप गरेपछि मात्रै नाम भनेका हौ ।’
रकम हिनामिना गरेको घटनामा बैंकका म्यानेजर शमिर बुढाथोकी सहित १२ जना यसअर्घि पक्राउ परेपनि अनुसन्धान पछि ४ जना छुटीसकेका छन् । म्यानेजर बुढाथोकीले नक्कली ऋणी बनाएर ठूलो रकम हिनामीना गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस