भोली देखी टोलटोलमा माईकिङ गरिदै

तुलसीपुर, २४ भदौ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ लाई बालश्रम मुक्त बनाउने अभियान अन्र्तगत बुधवार देखी प्रत्येक टोलटोलमा माईकिङ गरिने भएको छ ।वडालाई बालश्रम मुक्त घोषणा गर्ने मिति आउन अव चार दिन मात्र रहदा सन्चार तथा प्रचारप्रसार उपसमितिको मंगलवार सम्पन्न भएको वैठकले यस्तो निर्णय गरेको हो ।बैठकमा हाल सम्म विभिन्न सन्चार माध्यमहरुबाट सुचनामुलक सामग्रीहरु प्रशारण र प्रकाशन हुदै आएको जानकारी जानकारी गराईएको थियो । विहिवार दुई दिन सम्म प्रत्येक टोलटोलमा माईकिङ गरिने भएको हो ।

वडालाई राष्ट्रिय बाल दिवसको सन्दर्भ पारी यहि भदौ २८ गते शनिवार बालश्रम मुक्त घोषणा गरिदै ।सो अवसरमा सन्चार माध्यमका प्रमुख तथा प्रतिनिधिहरुले बालश्रम मुक्त बनाउनका लागी हाल सम्म गदै आएको गतिविधि र भुमिकाको बारेमा आ–आफनो धारणा राखेका थिए ।सन्चार उपसमितिका संयोजक नारायण भण्डारीको अध्यक्षता तथा वडा अध्यक्ष नवराज लामीछानेको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

प्रकाशित मिति : २०७६ भाद्र २४ गते मङ्गलवार
प्रतिक्रिया