१८ करोड हिनामिना काण्डमा बैंकका २ कर्मचारी पक्राउ

तुलसीपुर,२४ भदौ । दाङको नाराणपुरस्थित देव विकास बैंकको झन्डै १८ करोड हिनामिना गरेको प्रकरणमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय दाङले दुईजना कर्मचारीलाई पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेहरुमा बैंकका कर्मचारीहरु पोषण जैसी र अनिल न्यौपाने रहेका छन् ।उनीहरुलाई बुधवार पक्राउ गरीएको हो । उनीहरु माथी अनुसन्धानका लागी उच्च अदालत तुलसीपुर बाणिज्य ईजलासबाट म्याद थप गरिएको बताईएको छ । रकम हिनामिना गरेको घटनामा बैंकका म्यानेजर शमिर बुढाथोकी सहित १२ जनालाई पक्राउ गरेपनि अनुसन्धान पछि ४ जना छुटीसकेका छन् ।

प्रकाशित मिति : २०७६ भाद्र २४ गते मङ्गलवार
प्रतिक्रिया