निजी बिद्यालयमाथि अंकुश लगाए बन्द गर्ने चेतावनी

भदौ २३, २०७६  

शरद रेग्मी

Advertisement

तुलसीपुर । सरकारले निजी बिद्यालयहरुलाई अंकुश लगाउने गरि ल्याउन लागेको शिक्षा ऐन तथा नियमावली बिरुद्ध संस्थागत बिद्यालयका संचालकहरुले असन्तुष्टि जनाएका छन । आज दाङको तुलसीपुरमा एन प्याव्सन दाङले आयोजना गरेको शैक्षिक वहस कार्यक्रममा उनीहरुले सरकारले ल्याउन लागेको ऐन तथा नियमावलिमा निजी बिद्यालयहरुलाई १० वर्ष भित्रमा गैर नाफा मुलक संस्था वनाउने भन्ने उल्लेख भएको भन्दै त्यस्तो अवस्थामा कसैले पनी बिद्यालय संचालन नर्गने बताए । त्यस्तै सरकारले लागु गर्न लागेको सामाजिक सुरक्षा कोषको बारेमा सरकार स्वय स्पष्ट नभएको भन्दै सरकार , रोजगार दाता र रोजगार संस्थाले समान १०–१० प्रतिशत जम्मा गर्ने मोडलमा जान सुझाव दिए । त्यस्तैगरि उनीहरुले सामाजिक सुरक्षा कोषलाई नयाँ शैक्षिक सत्र देखि कार्यान्वयमा ल्याउन समेत सुझाव दिएका छन । सरकारले ल्याउन लागेको शिक्षा ऐन, सामाजिक सुरक्षाकोष र शिक्षा दिवसको नारा बिरुद्ध ७७ जिल्लामा सरोकारवाला पक्ष सँग अन्तरक्रिया कार्यक्रम गर्ने योजना बनाएको एन प्याब्सनले दाङको तुलसीपुरमा ‘सुद्धढ र स्वायत्त निजी बिद्यालय सम्बृद्धिको आधार सरकारी बिद्यालयको सवलिकरणको आबश्यक पूर्वाधार‘ बिषयक शैक्षिक बहस सम्पन्न गरेको हो ।

एन प्याव्सन दाङका वरिष्ठ उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष बिमल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य कोमल वलिले सरकार निजि बिद्यालयको बिपक्षमा नरहेको बताउनु भएको छ । कार्यक्रममा बोल्दै वलिले सरकारले ल्याउन लागेको शिक्षा ऐन तथा शिक्षा निति निजी बिद्यालयको विपक्षमा नहुने दावि गर्नु भयो । सरकार सदैव जनताको पक्षमा हुने भन्दै नेपालको शिक्षा प्रणालिको ठुलो हिस्सा ओगटेको निजी क्षेत्रलाई समस्यामा पारेर सरकारलाई फाईदा नहुने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएकी वलिले ऐन निजी बिद्यालयहरु विरुद्ध भए आफुले संशोधन प्रस्ताव लैजाने प्रतिबद्धता जनाउनु भयो । सञ्चालन भई रहेका निजी बिद्यालयलाई तालाबन्दी गरि सरकारलाई तालाचाबि बुझाउनु पर्ने अबस्था आउन नदिने उहाले आश्वासन दिनुभयो ।

Advertisement

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले संघिय शिक्षा निमावलीले स्थानिय सरकारसँग द्धन्द बढाएको बताउनुभयो । उहाले भन्नुभयो पाठ्यक्रम र शिक्षकहरु लाई संघिय सरकारको मातहतमा राख्ने ब्यबस्था गलत हो । नगरप्रमुख पाण्डेले भन्नुभयो,सामुदायिक बिद्यालयलाई मर्ज गर्न शुरु गरेको जानकारी दिर्दै निजि बिद्यालयलाई पनि मर्ज गर्नुपर्ने अबस्था सृजना भएको बताउनुभयो । उहाँले पूर्ब प्राथमिक बिद्यालयदेखि पिएचडी सम्म अध्ययन गरिरहेका बिद्यार्थीको संख्या तुलसीपुर उपमहानगरपालिका भित्र झण्डै ६० हजार जना रहेको जानकारी दिनुभयो । त्यस्तै ८० देखि ८४ वटा बिद्यालयहरु सञ्चालनमा रहेकोमा घटाएर ४० देखि ४५ वटा सम्म सञ्चालन गर्नुपर्ने बताउनुभयो । साथै मेयर पाण्डेले निजी बिद्यालयको योगदानलाई सवैले कदर गर्नु पर्ने भन्दै अव अझै प्रतिस्प्रधात्मक तरिकाले गुणस्तरिय शिक्षा दिन आग्रह गर्नुृ भयो । अवको केहि समयमा सामुदायिक बिद्यालयको स्तर सुदृढ हुने भन्दै मेयर पाण्डेले प्रतिस्प्रर्धामा आउन नसक्ने निजी बिद्यालय स्वतह वन्द हुने समेत उहाँले दावि गर्नु भयो ।

त्यसैगरि कार्यक्रममा बोल्दै एन प्याव्सनका केन्द्रिय उपाध्यक्ष सुवोध कुमार डागिले सरकारले निजी बिद्यालयहरुलाई विस्तारै निस्तेज पार्ने खेलमा लागेको बताउनु भयो । आफुहरुका बिदालयहरु कम्पनि ऐन अनुसार संचालन भै रहेको हुदा सोहि अनुसार चल्न दिन सरकार संग माग गर्नुभयो । डागिले सरकारले ल्याउन लागेको शिक्षा ऐन तथा नियमावलि सरोकारवालाहरु संगको राय सल्लाह बिना नै ल्याउन लागेको भन्दै निजी बिद्यालयको अहितमा आए आपुृmहरुलाई मान्य नहुने बताउनु भयो । त्यस्तै गरि सरकारले लागु गर्न लागको सामाजिक सुरक्षा कोष वैज्ञानिक नभएको भन्दै त्यसलाई आफुहरुले नमान्ने चेतावनी समेत दिनुभयो । एन प्याव्सन नेपालले सरकारलाई ज्ञापन पत्र समेत वुझाएको भन्दै सामाजिक सुरक्षा कोषामा सरकारले समेल पैसा जम्मा गर्नुपर्नेमा जोड दिनु भयो ।

त्यस्तै शैक्षिक वहस कार्यक्रममा बोल्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय महासचिब सुशील बस्नेतले निजी क्षेत्रबाट राज्यलाई भई रहेको योगदानको अवमूल्यन गर्न नहुने बताउनुभयो । हाल सञ्चालन भई रहेका सामूदायिक बिद्यालयलाई सवलिकरणमा सरकार अपेक्षाकृत रुपमा सफल हुन नसकेको अबस्थामा संस्थागत बिद्यालयलाई नियमनका नाममा नियन्त्रण गर्न नहुने बताउनुभयो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका वडा नम्वर ७ का अध्यक्ष टोपबहादुर केसी,नेकपा तुलसीपुर नगरकमिटिका अध्यक्ष खुसीराम चौधरी, एन प्याव्सनका केन्द्रिय सदस्य प्रकाशकुमार शर्मा, प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष मधुसुदन केसी,रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मी लगायतले शिक्षा निमावलीका बारेमा आ आफ्ना भनाई राख्नुभएको थियो । त्यसअवसरमा उपाध्यक्ष भोजराज न्यौपानेले धन्यबाद र सहजीकरण सचिब ठाकुर डाँगीले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस