दाङमा ठगि मुद्धामा पक्राउ परेका विकासराज फरार,प्रहरीको नियन्त्रणबाट कसरी भागे ?

भदौ २२, २०७६  

तुलसीपुर,२२ भदौ । तुल्सीपुर उपमहानगरपालीका वडा नम्बर १७ का २३ वर्षीय विकास राज गुरु भदौ ३ गते ठगि गरेको आरोपमा पक्राउ परे । जागिर लगाई दिन्छु भन्दै लाखौं रुपैयाँ ठगेको आरोपमा उनि पक्राउ परेका हुन । चौधरी एग्रिकल्चर संस्थामा जागिर मिलाई दिन्छु भन्दै ६ जनालाई शेयर हाल्न लगाएर ठगी गरेको भन्दै उनलाई प्रहरीले भदौ ४ गते सार्वजनिक गरेको थियो । अदालत बाट म्याद थप गरि अनुसन्धान गर्दै जादा आफु कार्यरत संस्थाको अध्यक्ष दिपेन्द्र बस्नेत भएको बताएपछि प्रहरीले बस्नेतलाई समेत पक्राउ ग¥यो । तर बस्नेत पक्राउ परेको केहि दिनमा प्रहरीको नियन्त्रणमा रहेका विकासराज फरार भएका छन ।

Advertisement

आफु विरामी भएको बताएपछि उनलाई राप्ती श्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । तर अस्पतालमा उपचार गराउदा गराउदै उनि भदौ १३ गते फरार भएको प्रहरीको भनाई छ । प्रहरीले नै अस्पताल लगेको बेला उनि कसरी फरार भए भन्ने गम्भीर प्रश्न उठेको छ । यद्यपी अस्पतालमा खटिएका एक प्रहरी जवान निलम्वनमा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । फरार रहेका विकासराजको अहिले खोजी भैरहेको भर्खरै सुरुवा भएर आएका प्रहरी प्रमुख जनक भट्टराईले जानकारी दिएका छन ।

यद्यपी यस घटनाबाट उन्मुक्ति दिनका लागि प्रहरीको सहयोगमा उनि फरार भएको हुन सक्ने आशंका गरिएको छ । संस्थाका अध्यक्ष भनिएका दिपेन्द्र बस्नेतका आफन्तले निर्दोष लाई दोषि सावित गर्न बस्नेत पक्राउ परेको केहि दिनमा उनी फरार भएको बताएका छन । यस घटनाको सत्य तथ्य छानविन हुनुपर्ने उनका आफन्तीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस