रक्सीले मातेका ड्राइभरले टेक्टर चलाउदा बालकको मृत्यु

भदौ २२, २०७६  

 

Advertisement

तुलसीपुर,२२ भदौ 

मदिराले मातेका ड्राइभरले चलाएको टे«क्टरकाे ठक्करबाट बालकको मृत्यु भएको छ ।  रा१त २६३१ नम्बरको ट्रेक्टरको ठक्करबाट तुलसीपुर–६ गोलौरा निबासी १३ बर्षका बालक अनिल सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक हरहरीनाथ योगीले जानकारी दिए । चालक कामु चौधरीले चलाएको ट्रेक्टर घरमै गएर ठोक्कीदा आगनमा बसेका बालकको मृत्यु भएको हो । घाइते बालकको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस