पुजाले विरामी बचाउन दोस्रो पटक रगत दिईन

भदौ २१, २०७६  

सल्यान २१, भदौँ । सल्यानको खलंगामा उपचार गराउन आएकी एक जेष्ठ नागरिक महिलाको लागी कारागारमा रहेकि बन्दीले रगत दिएकी छिन। रक्तअल्पताका कारण जिल्ला अस्पतालमा उपचारत शारदा नगरपालिका ५ प्यूठानटोल की ७७ बर्षिया दुर्गा शाहीलाई रगत अभावमा समस्या भएको थियो ।

Advertisement

जिल्ला अस्पताल सल्यानमा रगत अभावका कारण उपचारमा समस्या भएपछि बन्दी पुजा घर्तीमगरले रगत दिएको अस्पतालले जनाएको छ । तुलसीपुरका ब्यवसायि राज कुमार श्रेष्ठ हत्या प्रकरणमा जिल्ला कारागारमा रहेकी घर्तीले रगत ‘ए’ पोजिटिभ १ पोका रगत दिएकी हुन । उनले यस अघि पनि एक विरामीलाई रगत दिएकी थिईन । सल्यान अस्पतालका डा. प्रदिप शर्माले बिरामी शाहीको शरिरमा रगतको मात्रा कम भएकाले रगत आबश्यक परेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस