घोराहीमा शिक्षकहरुलाई स्वागत तथा सम्मान

भदौ २१, २०७६  

तुलसीपुर,२१ भदौ । दाङ । एकिकृत अखिल नेपाल शिक्षक संगठन दाङले सरुवा भएर आएका शिक्षकहरुको स्वागत तथा सम्मान गरेको छ । एकिकृत अखिल नेपाल शिक्षक संगठन घोराही नगरले एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो । त्यस अबसरमा नेकपा दाङ शिक्षा विभाग प्रमुख अरुण कुमार शर्मा सहित शिक्षकहरु गणेश प्रसाद रिजाल,शक्तिराम ओली,सिता दर्लामी,विनोद ओली,गोपाल श्रेष्ठ,शिवराज पोखरेल,एलिना बुढा,सुर्य बहादुर धेरीलाई सम्मान गरिएको थियो ।

Advertisement

यस्तै टिका जि.एम,छमा सुवेदी,गंगा बुढा रोमर्श आचार्य, पुर्णमाया घिमिरे,शिवराज नेपाली,माधव अधिकारी शिवा शर्मा गिरिराज डिसी,गंगालाल वली,अजयकुमार विक र कल्पना डाँगीलाई सम्मान गरिएको हो । नेकपा दाङका सचिव सुवास पुन र नगर सचिव प्रमोद शर्माले टिका र माला लगाएर सम्मान गर्नु भएको थियो । त्यस अबसरमा बोल्दै नेकपा जिल्ला सचिव सुवास पुनले शिक्षकहरुले अब गुणस्तिरिय शिक्षामा ध्यान दिनुपर्ने बताउँनुभयो ।

हजारौ बाल–बालिकाको भविश्य शिक्षकको हातमा हुने शिक्षकले अब बालवालिको भविश्य उज्जल बनाउँन भुमिका खेल्नु पर्ने बताउँनुभयो । कार्यक्रममा नगर सचिव प्रमोद शर्मा घोराही १४ का अध्यक्ष शक्तिराम डाँगी, प्रदेश अध्यक्ष मदन कुमार शर्मा , सम्मानित व्यक्तित्व गणेशप्रसाद रिजाल,छमा सुवेदी लगाएतले बोल्नु भएको थियो । नगर अध्यक्ष मोहन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव खड्क ओलीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस