तुलसीपुर स्थित गहतेखोलामा डुवेर २ जनाको मुत्यु

भदौ २१, २०७६  

तुलसीपुर, २१ भदौ । तुलसीपुर ८ गहतेखोलामा डुवेर दुई जनाको मुत्यु भएको छ । गएराती खोलामा माछा मार्ने क्रममा सल्यान कपुरकोट ५ घर भई हाल कट्कुईयामा बस्दै आएका २० वर्षिय अर्जुन बुढा र ओखलढुङगा घर भई कपुरकोट बस्ने  २६ वर्षिय  मिलन लामाको डुवेर मुत्यु भएको जिल्ला  प्रहरी कार्यालय दाङले जनाएको छ । उनीहरु दुवै जनाले कट्कुईयामा बंगुर पालन गदै आएको बुझिएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस